गण्डकी विश्वविद्यालय व्याचलर इन स्पोट्र्स म्यानेजमेन्ट (विएसएम) को आयोजनामा पाँच किलोमिटर दौड प्रतियोगिता हुने भएको छ ।
विश्वविद्यालयले स्पोट्र्स म्यानेजमेन्टको विषयलाई प्रचार गर्ने र हाल पढिरहेका विद्यार्थीलाई प्रतियोगिताको व्यवस्थापनको बारेमा प्रयोगात्मक ज्ञान प्रदान गर्ने लक्ष्यका साथ भदौ ९ गते सडक दौड प्रतियोगिताको आयोजना गर्न लागेको प्रतियोगिता संयोजक डा. मधुसुधन सुुवेदीले जानकारी दिए ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै डा. सुवेदीले कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । ‘स्नातक तहमा खेलकुद व्यवस्थापन विषयको पठन पाठन सुरु गरेको नेपालकै पहिलो र एकमात्र विश्वविद्यालयको हो । विद्यार्थीहरुलाई खेलकुदका कार्यक्रहरुलाई व्यवस्थापन गर्न सक्षम बनाउने उदेश्यका साथ यस पटक गण्डकी विश्वविद्यालय ५ किमि सडक दौड आयोजना गर्न लागेका हौं ।
उनका अनुसार प्रतियोगितामा तीन सय बढी विद्यार्थीको सहभागिता रहने छ । छात्र र छात्रातर्फ हुने उक्त प्रतियोगिताको प्रथम हुनेले १० हजार रुपैयाँ, दोस्रोले सात, तेस्रोेले पाँच तथा सान्त्वनाले दुई हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
आगामी शनिबार हुने प्रतियोगिताको दर्ता खुल्ला गरिएको छ । प्रतियोगितामा सहभागि हुनका लागि २० रुपैयाँ दर्ता शुल्क तोकिएको छ । विद्यार्थी लक्षित भएकाले २० रुपैयाँमात्र तोकिएको उनले जानकारी दिए ।
यस्तै भरर्खरै १२ पास भएका विद्यार्थीले समेत सहभागिता जनाउन पाउनेछन् । प्रतियोगिताका लागि भदौ ७ गते अपराह्न ४ बजेसम्म दर्ता गराइसक्नुपर्ने छ । जसका लागि गण्डकी विश्वविद्यालयको साइटमै गएर समेत दर्ता गराउन सक्नेछन् । प्रतियोगितामा एकै विद्यालयबाट २५ जनाभन्दा बढी सहभागि भएमा दर्ता निशुल्क गरिएको डा. सेवेदीले बताए । मुस्ताङचोबाट सुरु हुने दौड नागढुंगा, सिर्जनाचोक, राष्ट्रबैंक हुँदै ड्यामसाइडस्थित विश्वविद्यालयको परिसरमा पुगि सम्पन्न हुनेछ ।