पोखरा महानगरपालिका वडा नं. ८ सृजनाचोकमा स्र्माट सार्वजनिक शौचलयको उद्घाटन भएको छ ।
वडा कार्यालयको लागतमा निर्माण गरिएको शौचालयको पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले उद्घाटन गरिन । उद्घाटन कार्यक्रममा बोल्दे उनले सार्वजनीक शौचालय पोखराका मुख्यचोकमा आवश्यक रहेको भएपनि जग्गाको समस्याले निर्माण हुन नसकेको अवस्थामा पोखरा ८ ले निर्माण गरेको बताए ।
उक्त शौचालय झट्ट हेर्दा सानो टिनको बक्सा जस्तो तर सुविधा सम्पन्न छ । त्यहाँभित्र बच्चालाई डाईपर वा न्याप्कीन फेर्ने ठाँउ, हात धुने ठाँउ, महिलाका लागि आवश्यक स्यानिटरी प्याड राख्ने ठाँउ अनि फोहोर फाल्ने डस्विन, प्यान र अपांगमैत्री समेत रहेको छ । पार्क नजिकै सार्वजनीक शौचालय निर्माण गरिएको हो । वडा कार्यालयले ६ लाख ८ हजार रुपैयाँको लागतमा सुविधा सम्पन्न सार्वजनीक शौचालय निर्माण गरेको हो ।
पोखरा वडा नम्वर ८ का अध्यक्ष रुद्रनाथ बरालले शौचालयको व्यवस्थापनका लागि सामाजिक उत्तरदायित्व अन्र्तगत सृजना विकास केन्द्रलाई जिम्मा दिइएको र त्यसका लागि एक जना कर्मचारी व्यवस्थापन गरिएको बताए । उहाँले पोखरा पर्यटकीय सहर भएकाले यहाँको वातावरण स्वच्छ बनाउन स्मार्ट शौचालयको खाँचो रहेको बताए ।
