दैनिकजसो देशका युवा रोजगारीका लागि विदेशिएको समयमा पोखराको एक उद्यमीले स्वदेशमै बसेर व्यवसाय सञ्चालन मात्र गरेनन् अन्य युवालाई पनि रोजगारी दिन सफल भएका छन् ।
परम्परागत रूपमा घर छाउनका लागि प्रयोग गरिने ढुङ्गा पछिल्लो समय व्यवसायीक रुपमा बिक्रि वितरण भइरहेको छ । पोखरा महानगरपालीका का मान बहादुर तामाङ ढुङ्गा सप्लायर्सको रूपमा जीवनको ऊर्जाशील जीवन बिताएका छन् । तामाङले हाल पोखरा २ विन्दबासिनीमा सेवक सप्लायर्स दर्ता गरेर ढुङ्गा तथा ढुङ्गाबाट उत्पादन भएका कट पिस लगायतका वस्तुको कारोवार गर्दै आएका छन् । पोखरामा घर निर्माणका लागि विदेशबाट आयातित मार्बल तथा टायलको विकल्प यहाँको स्थानीय ढुङ्गा बन्दै गएको छ । हेर्दा आकर्षक देखिने विदेशी मार्बलभन्दा स्थानीय खानीबाट उत्पादित ढुङ्गा धेरै टिकाउ हुने बताइएको छ । ढुङ्गा विशेषगरी घरको बाहिर टास्ने र विछ्याउने कार्यमा प्रयोग गर्दै आएका छन् । ढुङ्गा सबैभन्दा बढी पोखरा खपत हुने गरेको उनले बताए । उहाँले उनले पोखरा, मुक्तिनाथ क्षेत्र लगाएत गण्डकी प्रदेशको सबै ठाउँहरुमा ढुङ्गा सप्लायि गछन् । उनले पोखरापछि काठमाडौँ, चितवन, बुटवललगायतका ठाउँबाट समेत ढुङ्गाको माग आउने गरेको बताए ।
यो व्यवसायको सुरुवाति अवस्थामा उहाँले भुज्रुङखोलाको ढुङ्गाखानीबाट ढुङ्गा निकालेर हातैले कुदेर बिक्रि गरे । काम थाल्दाको केही वर्षसम्म आम्दानी पनि राम्रो थियो । हाते औजारको सहायताले ढुङ्गा निकाल्दै ढुङ्गा कुँदेरै परिवार पाल्नुभएको थियो । स्वदेशमै रोजीरोटी चलेपछि उनी वैदेशिक रोजगारी तथा स्वदेशमा पनि अन्य पेसामा लागेनन् । पुरानै प्रविधि र तरिकाबाट ढुङ्गा निकाल्दा निकै कठिन हुन्थ्यो, पहिला ढुङ्गा पु¥याउनै मुस्किल हुन्थ्यो, अहिले ढुङ्गाले घर कमै मात्र छाउन थालेपछि ढुङ्गा कम बिक्री हुन थालेको उनले बताए ।
समयक्रमसँगै ढुङ्गा छिन्ने मेसिनको विस्तार भयो । साथै बाहिरि मुलुकबाट मार्वल आउन थाल्यो र घर बनाउन मार्वलको प्रयोग बढ्न थाल्यो । घर, भवनलगायतका संरचनामा मार्वलको प्रयोग बढ्न थाले पछि ढुङ्गाको व्यापार घट्दै गएको तामाङले बताए । उनले ढुङ्गा बाग्लुङ, पर्वत, पोखराको भुज्रुङखोला, लगाएतको ठाउँहरुबाट बिक्रिको लागि ल्याउने गछन् । प्रति पिस ढुङ्गाको मुल्य ५ रुपैयाँ हुँदादेखि ढुङ्गा बेच्दै आएका उनले हाल ११५ रुपैयाँ सम्ममा बिक्रि गछन् । उनले सबै खर्च कटाएर वार्षिक १० लाख सम्मको आम्दानि गछन् ।
पहिलाका ढुङ्गा माटाले बनेका घरमा छानो छाइने ढुङ्गा अहिले बजारमा पक्की घरमा टास्ने, बिछ्याउने काममा प्रयोग हँुदै आएको छ । मार्वलको प्रयोग बढ्न थालेपनि पर्यटनको केन्द्रविन्दु पोखरामा नेपालीपन झल्कने ढुङ्गा चलन कायमै रहेको उनको भनाइ छ । प्रदेश सरकारले कार्यविधि बनाएर नेपाली ढुङ्गा बिक्रिलाई प्रोत्साहन दिने हो भने नेपालको उत्पादन नेपालमै बिक्रि हुनुको साथै धेरै कर सङ्कलन गर्नसक्ने सम्भावना रहेको तामाङ बताउछन् । यस्ता व्यवसायलाई प्रोत्साहन गर्दै उत्पादन गर्ने हो भने स्वदेशमै रोजगार सिर्जना गर्न सकिन्छ ।
