पोखरामा गण्डकी विश्वद्यिलायद्वारा शनिबार आयोजना गरिएको ५ किलोमिटर सडक दौड छात्रतर्फ कृष्णबहादुर परियार र छात्रातर्फ स्वीकृति कार्की प्रथम भएका छन् ।
दौडमा कृष्णले १४ मिनेट अरचालिस (४८.०८) सेकेण्डमा र बासनाले २० मिनेट ३८ सेकेण्डमा दौड पुरा गर्दै प्रथम स्थान हात पर्न सफल भएका हुन् । यसैगरी छात्रतर्फ छोरेपाटन माध्यमिक विद्यालयका मनोज रोकामगरले १५ मिनेट १२.४२ सेकेण्डमा दौड सक्दै दोस्रो स्थान हात पार्न सफल भए ।
त्यस्तै बादल कार्की तेस्रो र विशन परियार चौथो हुनुभयो भने छात्रातर्फ विन्द्यवासिनी माध्यमिक विद्यालयका पुजा डाँगी २१ मिनेट ११ सेकेण्डमा दौड पुरा गरि दोस्रो भए । टुका कुमारी नेपाली तेस्रो र रेशमा गुरुङ चौथो भएका छन् । दौडमा ४३ विद्यालयका तीन सय भन्दाबढि विद्यार्थीको सहभागिता रहेको थियो ।