पोखरा महानगरपालिकामा गाई हत्याको विरोधमा प्रदर्शन भएको छ । सभागृहमा भेला भई नारा सहित शुरु भएको प्रदर्शनी जिल्ला प्रशासन कार्यालय कास्कीमा गएर पुगेका थिए ।
पोखराका स्थानीयले गाईको हत्या मानवीय संवेदनहीनता भएको भन्दै सरोकारवालाले चर्को आलोचना गरेका छन् । प्रदर्शनमा सहभागीहरुले नेपाललाई वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर, गोवंशहत्यारालार्य कारवाहि गर, जातिय सद्भाव कायम गरौँ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । यस्तै प्रदर्शनमा विश्व हिन्दु महासंघ, आश्रम तथा विभिन्न आमा समुह लगाएतको सहभागी रहेको थियो । प्रदर्शनमा हिन्दु धमावलम्बि सम्बन्धित अधिकारकर्मी र सरोकारवालाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
राष्ट्रिय जनावर भएको कारण पनि गाईलाई यो धर्म त्यो धर्म भन्नुभन्दा पनि हामी सबैको राष्ट्रिय जनावर भनेरसमेत संरक्षण र माया गरिनुपर्छ । ऐनको परिच्छेद २७ ले पशुपक्षीसम्बन्धी विभिन्न कसुरलाई अपराध मानी दण्डनीय बनाएको छ । सोही परिच्छेदको दफा २८९ मा आफ्नो प्रतिरक्षामा बाहेक गाई,गोरु मार्न वा कुटपिट गर्न नहुनी भनी कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पु¥याउने नियतले कुनै काम गरेमा वा गर्न लागि सो कार्यबाट गाई वा गोरु मर्न गएमा सो कसुर गर्ने व्यक्तिलाई ३ वर्षसम्म कैद भनी गाई गोरु मार्ने कार्यलाई कानुनतः दण्डनीय बनाएको छ ।
उसो त कतिपय देशमा राष्ट्रिय जनावर भए पनि मार्ने चलन छ । अस्ट्रेलिया, जापान, इन्डोनेसिया आइसल्याण्ड अईभरीकोस्ट लगायतका दर्जनौ देशहरुमा अहिले पनि राष्ट्रिय जनावर मारिने गर्दछन् । तर उनीहरुको नेपालको भन्दा के फरक छ भने न त्यी जनावरको त्यहाँ सामाजिक महत्व छ न कुनै त्यहाँको बहुसंख्यकहरुको धार्मिक आस्थासँग तिनीहरु जोडिन्छन् ।
देशव्यापी रूपमा अहिले गौ हत्याका विषयमा विरोध प्रदर्शन भइरहेका छन् । राष्ट्रिय जनावर तथा हिन्दुहरूको माता गाईलाई संरक्षण गर्न तथा गौ हत्या जस्तो आपराधिक कार्यलाई पूर्ण रूपमा बन्द गराउन दबाब दिने उद्देश्यले पोखरामा गौ हत्याविरुद्धमा प्रदर्शन गरिएको आयोजकले जनाएको छ ।