Friday, March 14, 2025

आजको मिति: २०८१ फाल्गुन ३० ,शुक्रबार

  • समाचार
  • रोचक जानकारी
TRENDING
  • समाचार
  • रोचक जानकारी
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

हेलिप्याडको सफल परीक्षण

पोखरा एयरपोर्ट पछाडि गण्डकीकै सबैभन्दा ठुलो अर्जुनचौपारीमा १ बजारमा निर्माण गरिएको हेलिप्याडमा हेलिकोप्टर सफल परीक्षण गरिएको छ ।
नेपाल आर्मी र अर्जुनचौपारी गाउँपालिकाको सहकार्यमा निर्माण गरिएको हेलिप्याडमा नेपाल आर्मीको इक्विरल हेलिकोप्टर पहिलोपटक अवतरण गरिएको हो । जिल्लाभित्र पर्ने जोखिमको बेला उद्धारमा टेवा पुर्याउने हेतुले आर्मीसँग सहकार्य गरेर हेलिप्याड निर्माण गरिएको छ । नेपाल आर्मीका कर्णेल रचन श्रेष्ठको नेतृत्वमा काठमाडौंबाट आएको तीन जनाको टोलीले हेलिकोप्टर सफल परीक्षण गरेको हो ।
पुतलीबजार हुँदै आएको हेलिकोप्टरले गाउँपालिकाका सबै क्षेत्रमा परीक्षण गर्दै चार पटक अवतरण गरेको थियो । हेलिकोप्टरको सफल परीक्षणपश्चात् कर्णेल श्रेष्ठले हेलिप्याड राम्रो र उपयुक्त ठाउँमा बनेको बताए ।
हेलिप्याडको पश्चिमतर्फ रहेको पहाडले थोरै समस्या रहने पनि एमआई १७ समेत अवतरण गर्न कुनै समस्या नहुने बताए । हेलिप्याड निर्माणमा प्राविधिक डिजाइन र श्रम सहयोग समरदल गुल्मको हो भने गाउँपालिकाले आवश्यक सामग्रीको पूर्ति गरेको थियो ।
हेलिप्याड नेपाल आर्मीका क्याप्टेन धनबहादुर तामाङको नेतृत्वमा एक महिनासम्म दैनिक २० जनाको श्रमदान गरिएको थियो । हेलिप्याड ६०÷६० फिट लम्बाइ र चौडाइको रहेको र बाहिरी जिल्लामा रहेका मध्ये सबैभन्दा ठुलो हो ।
पालिका अध्यक्ष प्रकाश तिवारीले हेलिप्याड निर्माण सफल भएको र परीक्षणसमेत भएको बताउँदै जोखिमका बेला हेलिप्याडको सदुपयोग हुने बताए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist