Friday, March 14, 2025

आजको मिति: २०८१ फाल्गुन ३० ,शुक्रबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

पोखरामा तीज सांस्कृतिक महोत्सव

पोखरामा सोमबारबाट तीज सांस्कृतिक महोत्सव २०८० सुरु भएको छ । पर्यटन विकास महिला संघ (टेवान)ले पोखरा –६ लेकसाइड स्थित कोमागाने पार्कमा आयोजना गरेको महोत्सवको सोमबार नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले उदघाटन गरे ।
कायक्रममा उनले महिला मुलुक हाक्न सक्ने शक्ति भएको बताए । “महिला पुरुषको वैशाखी हैनन्, मुलुक हाक्ने मेरुदण्ड हुन्”, मन्त्री गुरुङले भने, “महिला दिदीबहिनीहरु अब चुलोचौकोमा मात्र सीमित छैनन् ।” उनले तीज परम्परागत पर्व भएकाले बढी खर्चिलो र भड्किलो बनाउन नहुनेमा जोड दिए ।
महोत्सवको उदघाटन गर्दै मन्त्री गुरुङले पछिल्लो समय तीज मनाउने तरिका बद्लिएको उल्लेख गर्दै आयोजक टेवानको प्रयत्न राम्रो भएको बताए ।
तीजमा देखिएका विकृति सुधार हुनुपर्ने बताउदै उनले चाडबाडलाई उत्पादनसँग जोडेर मनाउदा प्रभावकारी हुने र त्यसले समग्र देशको विकासमा टेवा पुग्ने धारणा व्यक्त गरेका छन् ।
पोखरा पर्यटन परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले महोत्सवले पोखराको पर्यटन बजारलाई चलायमान बनाउने धारणा राखे । उनले पोखराको पर्यटन विकासका लागि यथाशीघ्र अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तरदेशीय उडान सुरु गर्नुपर्ने बताए । नेपाल पत्रकार महासङ्घ, कास्कीका अध्यक्ष विमला गुरुङले तीज पर्वले महिलाबीचको एकतालाई सुदृढ गर्नुपर्ने उल्लेख गरिन् ।
महोत्सव सोमबार २५ गते देखि २७ गतेसम्म कोमागाने पार्कमा  संचालन हुनेछ ।   महोत्सवलाई सफल पार्न पोखरा महानगरपालिका, पोखरा पर्यटन परिषद लगायत पर्यटन सम्बद्ध संघ संस्थाहरुको सहयोग रहेको टेवानकी अध्यक्ष कमला गिरीले जानकारी दिइन  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist