पोखरा १० रामबजारमा रहेको कालिका माध्यामिक विद्यालयमा ५९ औं राष्ट्रिय बालदिवस को अवसरमा वक्तृत्वकला तथा तीजगीत प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयले प्रत्येक वर्ष बालदिवसको अवसरमा विद्यार्थीको बौद्धिकता विकास गर्न, उनीहरुमा भएको कला, सिप र क्षमता प्रस्फुटन गर्न कार्यक्रम आयोजना गर्दै आएको छ ।
कक्षा ११ र १२ का विद्यार्थीहरूको बिचमा आर्थिक विकासको मूल आधार युवालाई स्वरोजगारी भन्ने शिर्षकमा वक्तृत्वकला प्रतियोगिता भएको थियो । प्रतियोगितामा २६ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो । प्रतियोगितामा हिमाल क्षेत्री प्रथम, रिषेश छन्त्याल दोस्रो, रोसन थापा तेस्रो र अस्मिता न्यौपाने सान्तवना भएका थिए ।
नर्सरीदेखि पाँच कक्षाका विद्यार्थीका लागि विभिन्न प्रतिभा प्रस्फुटन कार्यक्रम राखिएको थियो उक्त कार्यक्रममा रश्मी राइको समुह प्रथम, कृष्टीना पौडेलको समुह दोस्रो र मुना अधिकारीको समुह तेस्रो भएको थियो । कक्षा ६ देखि १२ सम्मका विद्यार्थीको बिचमा तीजगीत प्रतियोगिता भएको थियो । कक्षा ६ देखि ८ सम्मे समुहमा सदिक्षा अधिकारीको समुह प्रथम, रक्षा नगरकोटीको समुह दोस्रो र सुमिता आलेको समुह तेस्रो भएको थियो । कक्षा ९ देखि १२ सम्मको समुहमा आसिका लामाको समुह प्रथम, अस्मी गुरुङको समुह दोस्रो र निरजला थापाको समुह तेस्रो भएका थिए । तीजगीत प्रतियोगितामा ३२ टिमको सहभागीता रहेको बिद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक कुशल लामिछानेले जानकारी दिए ।
वक्तृत्वकला प्रतियोगिताको निर्णायकमा रामप्रसाद गौतम, सीमा खत्री र शिवजी तिवारी थिए भने तीजगीत प्रतियोगिताको निर्णायकमा रामप्रसाद गौतम, ज्ञानबहादुर थापा, अस्मीता भट्टराई थिए ।
पोखरा महानगर पालिका वडा न. १० बालक्लवका अध्यक्ष गणेश वाग्लेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी विद्यालय व्यावस्थापन समितिका अध्यक्ष दिपकबहादुर थापा रहनुभएको थियो भने कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक विजय सापकोटाले गरेका थिए । कार्यक्रममा व्यावस्थापन समितिका सदस्य नारायण श्रेष्ठ, विद्यालयका प्र.अ वलराम गिरी, सहप्रअ श्रीराम आचार्यले र प्रा.बि. इन्चार्ज बिजयालक्ष्मी आफ्नो भनाइ राखेका थिए ।
२०२१ सालमा स्थापना भएको यस बिद्यालय शैक्षिक गुणस्तर का साथसाथै खेलकुद तथा अतिरिक्त क्रियाकलापमा अग्र स्थानमा रहेको छ ।




