Saturday, March 15, 2025

आजको मिति: २०८१ चैत्र १ ,शनिबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

मुस्ताङको शीतोष्ण बागवानी विकास केन्द्र ५७ औँ वर्षमा

मुस्ताङको घरपझोङ गाउँपालिका—२ मार्फामा रहेको शीतोष्ण बागवानी विकास केन्द्रले ५७ औँ स्थापना दिवस मनाएको छ ।
शीतोष्ण हावापानीमा उत्पादन हुने र उत्पादन गर्न सकिने तरकारी तथा फलफुलको अध्ययन तथा अनुसन्धान गर्ने शीतोष्ण बागवानी विकास केन्द्र स्थापना भएको ५७ वर्ष पुगेको हो ।
देशको शीतोष्ण हावापानी हुने क्षेत्रको कृषि अनुसन्धान, विकास तथा प्रवर्धन गर्ने उद्देश्यले २०२३ सालमा स्थापना भएको शीतोष्ण बागवानी विकास केन्द्रले तरकारी तथा फलफूलको अध्ययन अनुसन्धान गर्दैआएको छ । शीतोष्ण बागवानी विकास केन्द्रकै माध्यमबाट मुस्ताङमा शीतोष्ण हावापानीमा उत्पादन हुने फलफुल तथा तरकारी र विभिन्न बालीको संरक्षण, विकास र अनुसन्धानमा महत्वपूर्ण योगदान रहेको स्थानीय कृषकको भनाइ रहेको छ ।
शीतोष्ण बागवानी विकास केन्द्र मार्फाको स्थापना दिवसको अवसरमा जिल्ला न्यायाधीश ईश्वर पराजुलीले किसानलाई आधुनिक र वैज्ञानिक खेती गर्न केन्द्रले ठूलो सहयोग गरेको र आगामी दिनमा पनि केन्द्रले हावापानी सुहाउँदो कृषि कर्म गर्न सिकाउने अपेक्षा राखेको बताए ।
जिल्ला समन्वय समिति मुस्ताङका उपप्रमुख आइतलाल थकालीले जिल्लाका कृषकलाई आफ्नो उत्पादन बढाउन र बजारिकरण गर्न पनि सकिन्छ भन्ने सिकाउने काम केन्द्रले गरेको बताए ।
कार्यक्रममा घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले जिल्ला मात्रै नभएर अन्यत्रका पनि कृषकहरुका लागि केन्द्रले दिएको योगदान अतुलनीय रहेको बताएका छन् । शीतोष्ण बागवानी विकासले स्याउ लगायतका फलफुल तथा तरकारीको प्रशोधन गरी ब्रान्डी, साइडर, वाईन र जुसहरु उत्पादन गर्दछ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist