Saturday, March 15, 2025

आजको मिति: २०८१ चैत्र १ ,शनिबार

  • समाचार
  • शिक्षा/स्वास्थ्य
TRENDING
  • समाचार
  • शिक्षा/स्वास्थ्य
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
कुमुदिनीमा होम्समा कथा वाचन प्रतियोगिता सम्पन्न
Next
Prev

एसओएस गण्डकीमा प्रतिभा प्रदर्शनी

एसओएस हरमन माइनर गण्डकीमा प्रतिभा प्रदर्शनी सम्पन्न भएको छ । विद्यालयको प्राङ्गणमा सम्पन्न उक्त कार्यक्रम नेपालीहरूका महान् पर्व बडादसैँ, दीपावली, नेपाल संवत् र छठपर्वको पूर्वसन्ध्यामा आयोजना गरिएको हो । प्रदेश परीक्षा व्यवस्थापन कार्यालय गण्डकीका निर्देशक लक्ष्मण देवकोटाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदीले गरेका थिए ।
विद्यार्थीहरूमा अन्तर्निहित अतिरिक्त क्षमता उजागर गर्ने उद्देश्यले नेपालीहरूका महान् पर्वहरूको पूर्वसन्ध्यामा विद्यालयले हरेक वर्ष प्रतिभा प्रस्फुटन कार्यक्रम आयोजना गर्दै आइरहेको र सोही कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइएको विद्यालयका सहप्राचार्य प्रभास पौडेलले बताए । विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनलाई तहगत रूपमा विभाजन गरिएको थियो । आधारभूत तहको एक र माध्यमिक तहका दुई गरी जम्मा तीन चरणमा विभाजित उक्त कार्यक्रममा विद्यालयका बालबालिकाहरूले एकल तथा सामूहिक गायन, नृत्य, अभिनय, कविता, नाटिका आदिजस्ता कलाप्रस्तुतिहरू प्रदर्शन गरे । विद्यालयले यसपूर्व ५९ औँ बालदिवसका उपलक्ष्यमा गत भाद्र २९ गते कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूको प्रतिभा प्रदर्शनी सम्पन्न गरिसकेको छ ।
विद्यार्थीहरूद्वारा प्रस्तुत प्रतियोगितात्मक साङ्गीतिक प्रस्तुतिको मूल्याङ्कन सङ्गीतज्ञ सञ्जीव पाल, वरिष्ठ कोरियोग्राफर मीन गुरुङ तथा हिमाली सांस्कृतिक परिवार पोखराकी सदस्य सजिना गुरुङले गरेका थिए । कार्यक्रमका विजयी प्रतियोगीहरूलाई प्रमुख अतिथि लक्ष्मण देवकोटा, एसओएस बालग्राम गण्डकीका परियोजना निर्देशक प्रदीपभक्त आचार्य तथा विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदीद्वारा नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरियो ।
प्रमुख अतिथिको आसनबाट बोल्दै प्रदेश परीक्षा व्यवस्थापन कार्यालय गण्डकीका निर्देशक लक्ष्मण देवकोटाकाले निरन्तर रूपमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेका कारण एसओएस सम्पूर्ण बालबालिकाको आकर्षणको केन्द्र बन्न सफल भएको बताए । एसओएसका विद्यार्थीहरूको प्रतिभाबाट आफू द्रवीभूत भएको बताउँदै प्रमुख अतिथि देवकोटाले यस्तै अवसर र मञ्चले विद्यार्थीहरूको जीवनमा नवीन दिशाबोध गर्ने दाबी गरे ।
विद्यालयीय शिक्षा पूरा गरेपछि विद्यार्थीहरू विदेश पलायन हुने क्रममा बढोत्तरी आइरहेको विषयप्रति चिन्ता व्यक्त गर्दै देवकोटाले सबै पक्ष मिलेर यो समस्या समाधान गर्न ढिलाइ गर्न नहुने धारणा राखे । आफ्ना विभिन्न प्रतिभाका माध्यमबाट कार्यक्रमको गरिमा अभिवृद्धि गर्ने सम्पूर्ण विद्यार्थीप्रति धन्यवाद ज्ञापन गर्दै विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदीले नेपालीहरूका घरआँगानमा भित्रिनै लागेका चाडपर्वहरूका उपलक्ष्यमा समस्त शिक्षक, अभिभावक र विद्यार्थीप्रति शुभकामनासमेत व्यक्त गरे ।
समारोहमा एसओएस बालग्राम गण्डकीका परियोजना निर्देशक प्रदीपभक्त आचार्य, एसओएस युवालय गण्डकीका निर्देशक बाबुराम बराल, विद्यालयका सहप्राचार्यद्वय वीरसिंह बूढा र प्रभास पौडेल, शिक्षक तथा कर्मचारी कल्याणकारी युनियन गण्डकी एकाइका अध्यक्ष टीकाराम सुवेदी, एसओएस बालग्राम गण्डकीकी आमा प्रतिनिधि पार्वती पाण्डेलगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो । एसओएस स्कुलको कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरू रिश्मा पाण्डे, प्रश्ना पौडेल, विशेष पौडेल, गोकुल श्रेष्ठ, आयुष सुवेदी र निश्चल सुवेदीले उक्त कार्यक्रम सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist