हाम्रो कास्कीकोट युवा सञ्जालको संयोजकमा विशाल तिमिल्सीना सर्वसम्त निवार्चीत भएका छन् । पोखरा महानगरपालिका २४ कास्कीकोटमा शत्रीय रुपमा विभीन्न सामाजीक कार्यहरु गर्दै आएको संजालको छैटौं साधरण सभा तथा चौथो अधिवेशन बाट सहसंयोजकमा अर्जुन बाहादुर अधिकारि , प्राविधीक संयोजकमा रुद्र प्रसाद अधिकारी , व्यबस्थापन सयोजकमा तिर्थ राज अधिकारि, सह व्यवस्थापक रिप कार्कि , आर्थीक संयोजकमा सृष्टता चपागाई ,सह आर्थीक संयोजकमा संगीता सुवेदी निर्वाचित भएका छन् । सदस्यहरुमा मेघराज सुवेदी , सुर्य भटराई , वुद्धी वहादुर वस्नेत , शेखर अधिकारी , नर वहादुर विश्कर्मा र आविष्कार सुवेदी निवार्चीत भएको निवार्चन मण्डलका सदस्य राम प्रसाद तिमिल्सीनाले जानकारी दिए । साधारण सभा तथा अधिवेशनले सञ्जालको विधान समेत केही संशोधन गरेको छ । युवाहरुलाई आगामी दिनमा सञ्जालमा शत्रीय रुपमा सहभागीता जनाउदै वडा भित्र हुने कार्यहरुमा निरन्तर सहकार्य गर्दै समाज परिर्वतनको काम लाग्ने निवार्चीत संयोजक तिमिल्सीनाले प्रतिवद्धता समेत जनाए ।
२०७३ साल कार्तिक १३ गते लक्ष्मीपूजाको दिन कास्कीकोटका सक्रिय युवाको भेलाद्वारा स्थापना गरिएको संस्थाले बिभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ ।