हाम्रो कास्कीकोट युवा संजालको सातौं वार्षिकोत्सवको उपलक्ष्यमा यही कार्तिक २५ र २६ गते विभिन्न सामाजिक एवं रचनात्मक कार्यक्रमहरु आयोजना गरिने भएको छ । संस्थाको शनिबार बसेको नियमित बैठकले कार्तिक २५ गते पोखरा-२४ कास्कीकोट, पोखरीचौरमा रक्तदान र कार्तिक २६ गते कालिका मा.वि. पहरेपानीमा २४ नं वडा स्तरीय एकल सांस्कृतिक नृत्य प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो । साथै संस्थाले उक्त अवसरमा कास्कीकोट कल्याणकारी कोषमा दिनको एक रुपैयाँ अभियान मार्फत पछिल्लो समयमा सर्वाधिक दान गर्ने दानकर्तालाई सम्मान पनि गर्नेछ ।
२०७३ साल कार्तिक १३ गते लक्ष्मीपूजाको दिनको भेलाद्वारा संस्था स्थापना गर्ने निर्णय भएको तिथिलाई आधार मानी संस्थाले प्रत्येक वर्ष दिपावलीमा वार्षिकोत्सव मनाउंदै आएको छ ।