हाम्रो कास्कीकोट युवा संजालको सातौं वार्षिकोत्सव एवं शुभ दिपावली २०८० अवसरमा एकल सांस्कृतिक नृत्य प्रतियोगिता २०८० आयोजना हुने भएको छ । २०८० साल कार्तिक २६ गते आईतबारका दिन हुने कार्यक्रम पोखरा २४, कास्कीकोट, पहरेपानीमा रहेको कालिका मा. वि. हुने भएको छ । प्रतियोगीतामा सहभागिता जनाउने सहभागिहरुले नेपाली मौलिक संस्कृती झल्काउने नेपाली गितसंगीतमा नृत्य गर्नुपर्ने छ, नृत्यमा भाग लिने प्रतियोगी कास्कीकोटमा जन्मेको या कास्कीकोटको विद्यालय अध्ययन गर्दै गरेको हुनुपर्नेछ र नृत्यमा प्रयोग हुने भेषभुषा प्रतियोगी स्वयंले व्यवस्था गर्नुपर्नेछ ।
नृत्य प्रतियोगिताको नतिजाको लागि ८० प्रतिशत अंक निर्णायक मण्डल र २० प्रतिशत अंक कार्यक्रममा सहभागी दर्शकबाट प्रदान गरिनेछ । प्रतियोगीतामा भाग लिने प्रतियोगीले कार्यक्रम संयोजक शेखर अधिकारीलाई ९८०६११६५५० र कार्यक्रम सह संयोजक सूर्य भट्टराईलाई ९८२५१४१९२८ मा सम्पर्क गरी २०८० साल कार्तिक २५ गते साझ ५ बजे सम्ममा नाम दर्ता गर्न सक्नेछन ।
प्रतियोगितामा प्रथम हुनेलाई नगद रु.७००० द्वितीय हुनेलाई रु.५००० र तृतीय हुनेलाई नगद रु.३००० र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिताले बालबालिकामा रहेको प्रतिभा प्रस्फुटन गराउने अवसर प्राप्त गर्नेछन ।