गण्डकी प्रदेशमा रहेका मन्टेश्वरी प्रि स्कुलका संस्थापक तथा प्रिन्सिलहरुको प्रथम भेला सम्पन्न भएको छ । मन्टेश्वरी एशोसियसन कास्कीका संस्थापक अध्यक्ष एव. भेला आयोजक कमिटीका संयोजक अरुना शेरचनको संयाजकत्वम सम्पन्न उक्त कार्यक्रममा गण्डकी प्रदेशका सात जिल्लाका मन्टेश्वरी प्रि स्कुलका संस्थापक तथा प्रिन्सिलहरुको सहभागीता रहेको थियो । भेलामा सहभागि संस्थापक तथा प्रिन्सिलहरुले बिद्यालय संचालनको अनुभव र सामना गर्नुपरेको चुनौतीहरुको बारेमा आफ्ना भनाई राखेका थिए । मन्टेश्वरी एशोसियसन कास्कीका सल्लाहकार तथा भेला आयोजक कमिटीका सह संयोजक कुलप्रसाद सुबेदीले संचालन गरेको उक्त कार्यक्रममा फुलबारी मन्टेश्वरी ट्रेनिङ्ग इन्स्टीट्युटका प्रशिक्षक महिमा प्रिती शेरचनले फोनिक्स साउण्ड सम्बन्धि प्रशिक्षण दिएकी थिइन ।

कार्यक्रममा लामो समयसम्म शिक्षण पेशामा रही हाल अवकास जीवन सामाजिक काममा सर्मपित दूर्गा भट्टचन एन्र्डसनर देभ एन्र्डसनरले अमेरीकामा शिक्षा तथा मन्टेश्वरी शिक्षाको अभ्यासको बारेमा आ आफ्नो अनुभव शेयर गर्नुभएको थियो । उहाँहरुले शिक्षा आर्जन सँगै राम्रो दिमाग, दया माया करुणा र सहयोगी भावनाको बिकास गर्नुपर्ने कुरामा जा्ड दिनुभयो ।

भेला आयोजक कमिटीका संयोजक अरुना शेरचनले मन्टेश्वरी पि. स्कुलहरुले गुणस्तरमा जोड दिनुपर्ने र यसका लागी शिक्षकहरुलाई समय समयमा प्रशिक्षण दिनुपर्ने र समय समयमा यस्ता सेमिनार तथा गोष्ठिको आयोजना गर्नुपर्ने कुरामा जोड दिनुभयो । सहभागीहरुले प्रदेश स्तरीय एशोसियसनको आवश्यकता रहेको कुरामा जोड दिनुभयो ।
भेला आयोजक कमिटीका सह संयोजक कुलप्रसाद सुबेदीले एशोसियसनको आवश्यकता र त्यसको महत्वको बारेमा आफ्नो भनाई राख्नुभएको थियो । मन्टेश्वरी एशोसियसन कास्कीका सहसचिव रितादेबी सुबेदीले प्रदेश स्तरीय एशोसियसन गठन गर्न ढिला गर्न नहुने र यसका लागी हामी सबै एकताबद्ध भएर लाग्नुपर्ने कुरामा जा्ड दिनुभयो ।मन्टेश्वरी एशोसियसन कास्कीका कार्य समिती सदस्य अप्सरा अधिकारीले एशोसियसनले स्कुलहरुका बिचमा पुलको काम गर्ने हुनाले छिटोभन्दा छिटो प्रदेश स्तरीय एशोसियसन गठन गर्नुपर्ने बताउनुभयो ।
भेलाले आ आफ्नो जिल्लामा संयोजन गर्न नवलपुरमा बिनय सापकोटा, पर्वतमा लक्ष्मी के.सी., तनहँुमा सरीता गर्तौला, स्याङ्जा लक्ष्मी थापा, कास्कीमा नारायणी कुँवर गोरखामा कल्पना श्रेष्ठ र लमजुङमा बीरटा अधिकारीलाई संयोजकको जिम्मेवारी दिइएको थियो । भेलाले मन्टेश्वरी प्रि स्कुलको हक हित र गुणस्तरको लागी एक महीना भित्र गण्डकी प्रदेश स्तरीय मन्टेश्वरी एशोसियसन गठन गर्ने निर्णय पनि गरेको थियो ।
