Friday, March 14, 2025

आजको मिति: २०८१ फाल्गुन ३० ,शुक्रबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

निस्सिम थापा फाउन्डेसनकाे प्रथम साधारण सभा सम्पन्न

निस्सिम थापा फाउन्डेसनको प्रथम साधारण सभा सम्पन्न भएको छ । फाउन्डेसनका अध्यक्ष प्रकाश थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि एसओएस बालग्राम गण्डकीका योजना निर्देशक प्रदिपभक्त आचार्यले निस्सिम थापाको बिद्यार्थी जीवनका बारेमा चर्चा गर्नुभएको थियो ।

निस्सिम थापाको २०७९ साल असोजमा संचालित नबौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत संचालन गरिएको सोलो क्रसकन्ट्री प्रतियोगिताको दोस्रो दिन असोज ३० गते प्रतियोगितामा भाग लिने क्रममा दुर्घटनामा परी दुःखद निधन भएको थियो ।

निस्सिमले प्याराग्लाडिङ र अन्य क्षेत्रमा पुर्‍याएको योगदानको कदर तथा सम्मान गर्दै निजको सम्झनामा परिवारले निस्सिम थापा फाउन्डेसनको स्थापना गरि फाउन्डेसनलाई २०८० साल असार २४ गते जिल्ला प्रशासन कार्यलय कास्कीमा दर्ता गरिएको थियो ।

फाउन्डेसनका उपाध्यक्ष सावित्री मोक्तानले निस्सिमको बाल्यकाल र उसले बाल्यकाल देखि गरेका विभिन्न शैक्षिक तथा शाहासिक कामको चर्चा गर्नुभएको थियो । एसओएस गण्डकी बाट प्रबेशिका परीक्षा उत्तिर्ण गरेका निस्सिम पढाइमा अब्बल थिए भने पृथ्वीनारायण क्याम्पस पोखरामा एम ए दोस्रो बर्षमा अध्ययनरत थिए ।

फाउन्डेसनका अध्यक्ष प्रकाश थापाले फाउन्डेसनले सामाजिक कार्यको साथै शिक्षाको क्षेत्रमा अनुसन्धान र बर्सेनि निस्सिम थापा प्याराग्लाडिङ अवार्डबाट देश तथा बिदेशमा हुने विभिन्न प्याराग्लाडीङ प्रतियोगितामा बिजय हुने खेलाडीलाई सम्मान र पृथ्वी नारायण क्याम्पस पोखरामा मानविकी तथा समाजशास्त्र बिभागबाट समाजशास्त्र बिषयमा उत्कृष्ट अंक प्राप्त गर्ने बिद्यार्थीलाई निस्सिम थापा एम ए सोसिओलोजी अवार्ड प्रदान गर्ने योजना रहेको बताए ।

यस बर्ष निस्सिम थापा एम ए सोसिओजी अवार्डबाट २०२३ मा पृथ्वीनारायण क्याम्पसबाट एम ए सोसिओजी मा उत्कृष्ट अंक प्राप्त गर्ने शुसीला शर्मा र निस्सिम थापा प्यनराग्लाइडिङ अवार्डबाट पाइलट अमन गुरुङ र अमन थापालाई सम्मान गरिएको थियो ।

संस्थाका कोषाध्यक्ष रीतु पौडेलले संचालन गरेको कार्यक्रममा रिजवाटर स्कुलमा कक्षा २ र ३ मा अध्ययन गर्ने बिद्यार्थी र फाउन्डेसनका सदस्यहरुले निस्सिम थापाको सम्झनामा उसको योगदानको कदर गर्दै सम्मान स्वरुप गित प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist