Friday, March 14, 2025

आजको मिति: २०८१ फाल्गुन ३० ,शुक्रबार

  • समाचार
  • बाल प्रतिभा
  • शिक्षा/स्वास्थ्य
TRENDING
  • समाचार
  • बाल प्रतिभा
  • शिक्षा/स्वास्थ्य
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

फूलबारी मन्टेसरी कटेजकमा बार्षिक खेलकुद कार्यक्रम सम्पन्न

पोखरा ,३ नदिपुरमा रहेको फूलबारी मन्टेसरी कटेजकमा बार्षिक खेलकुद कार्यक्रम सम्पन्न भएको छ । कटेजले दशौं स्पोर्टस् डे एक भव्य समारोह आयोजना गरी सम्पन्न गरेको हो ।
पोखरा महानगरपालिका वडा नं ३ नदीपुरस्थित स्कुलले आज कन्या माविको खेल मैदानमा आयोजना गरेको स्पोर्टस् डे मा टोडलर, नर्सरी, एलकेजि, युकेजी, ग्रेड १, ग्रेड २ र ग्रेड ३ का विद्यार्थीले विभिन्न प्रकारका खेल खेले भने योगाभ्यास समेत गरेर देखाए । सो अवसरमा प्रत्येक कक्षाका विजेता विद्यार्थीलाई मेडल तथा प्रमाण पत्र प्रदान गरिएको गियो ।

कार्यक्रमका प्रमुख अतिथि वडा नं ३ का अध्यक्ष प्रकाशमान उदासले बालबालिकाको सुन्दर भविष्य निर्माणका लागि फुलबारी मन्टेसरी पोखराको एक राम्रो मन्टेसरी भएको बताए । आफु यही वडाको अध्यक्ष भएको र यही वडामा भएको फुलबारी मन्टेसरीले राम्रा विद्यार्थी उत्पादनका लागि बलियो आधार तयार गरिदिएकोमा खुसि व्यक्त । वडामा अन्य सामुदायीक विद्यालय पनि रहेका र त्यहाँ शिक्षालाई राम्रो बनाउन कसरी समन्वय गर्न सकिन्छ भन्ने बारेमा विधि, तरिकाहरु हस्तान्तरणको खाँचो रहेको उनले बताए । उनले भने, कलिला विद्यार्थीहरुमा कुनै प्रकारको छलकपट हुँदैन, यसैले उनीहरुलाई भोलिका देश हाँक्ने, वा कुनै क्षेत्रको नेतृत्व गर्ने लायकको बनाउछ, तर के गर्नु अहिले जनप्रतिनिधि नेतृत्वको सरकारमा छलकपट छ त्यो नभए देश कस्तो हुन्थ्यो होला ।

विशेष अतिथि जिल्ला शिक्षा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्यले मन्टेसरीहरु थुप्रै खुलेका भएपनि उनीहरु मन्टेसरीको वास्तविक मान्यता अनुसार चल्नु पर्नेमा जोड दिए । विद्यार्थीले जसरी बुझ्न र पढ्न चाहन्छन् सोहि अनुसार पढाउनु पर्छ, उनले भने । यस्तो मर्मलाई बुझ्न र सोहि अनुसार विद्यार्थीलाई अब्बल बनाउन शिक्षकहरुलाई तालिमको आवश्यक्ता हुनेमा जोड दिए । उनले विद्यार्थीलाई सिस्टता, संस्कार घरैबाट सिकाउनु पर्ने र उनीहरुलाई दण्ड नभई मनोभावना बुझेर, केहि समय छुट्याएर घुलमिल हुने वातावरण बनाउन सुझाए ।

अभिभावकहरुको तर्फबाट सिरोज विजय कोइरालाले विद्यालयले देश सुहाउँदो नागरिक, देश चिन्न सक्ने नागरिक उत्पादन गर्नुपर्ने, आधुनिक समयको पढाईसंगै देशको बारेमा यावत पढाईको आवश्यक्ता भएकोमा जोड दिए ।

प्रिन्सिपल अरुना शेरचनले विद्यार्थीसंग हाँस्दै खेल्दै, सिक्दै सिकाउँदै गरेको पनि २३ वर्ष भईसकेको बताईन । उनले स्थापनाको समयबाटै कसरी उत्कृष्टता हासिल गर्ने भनेर लागिपरेको बताईन । उनले स्थापना कालबाटै वर्षमा एकपटक खेलकुदका मात्रै कार्यक्रम र एक वर्ष सांस्कृतिक कार्यक्रम गर्दै आएको जानकारी दिईन ।

अभिभावकको प्रगाड मायाको कारण यहाँसम्म आएको र आगामी दिनहरुमा पनि उत्कृष्टता हासिल गर्ने लक्ष्यमा पुग्नका लागि सल्लाह, सुझाव दिन शेरचनले अनुरोध गरिन् ।

कार्यक्रमको आरम्भका विद्यार्थीले मार्चपास गरेका थिए । चियरिङ डान्स, चेयर योगा, नमस्ते व्यायाम, टोडलर वेवी सार्क, हनि हन्टिङ रिले, जेलि फिस रेस रिले, नक नक बफेलो रिले, मिक्समाक्स गेम रहेका थिए ।यस्तै लिप फ्रग रिले, बल डान्सिङ रिले, रिङ हुप रिले, ड्याडिज फुट स्टेप वाल रिले तथा अभिभावकको वेलुन फुटाउने र सिक्का जम्मा गर्ने खेल समोवश गरिएको थियो ।

कार्यक्रममा सहभागी सबैलाई स्कुलका निर्देशक ई. जीवन कुमार शेरचनले धन्यवाद व्यक्त गरे भने कक्षा तीनका विद्यार्थीले राष्ट्रभावको गीतमा नृत्य प्रस्तुत गर्दै कार्यक्रमको समापन गरिएको थियो । कार्यक्रम सन्चालन शिक्षिका सुनिता बास्तोलाले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist