Wednesday, March 12, 2025

आजको मिति: २०८१ फाल्गुन २८ ,बुधबार

  • समाचार
  • शिक्षा/स्वास्थ्य
TRENDING
  • समाचार
  • शिक्षा/स्वास्थ्य
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

मापसे र लापसेविरुद्ध प्रहरी सक्रियता बढ्दो ६ महिनामा ४० हजार सवारी चालकबाट करिब ४ करोड राजस्व संकलन

धक पदार्थ सेवन (मापसे) र लागूओषध पदार्थ सेवन (लापसे) गरेर सवारी चलाउनेविरुद्ध निरन्तर चेकजाँच र कारबाही गर्दै आएको नेपाल प्रहरीले छ महिनामा करिब ४० लाख हजार चालकलाई कारबाही गरेको छ । मापसे र लापसे गरेर सवारी चलाउँदा दुर्घटनाको जोखिम बढेको भन्दै प्रहरीले निरन्तर चेकजाँच र कारबाही गर्दै आएको छ ।

चालु आर्थिक वर्ष २०८०÷०८१ को साउनदेखि पुससम्मको अवधिमा प्रहरीले मापसे गरेर सवारी चलाउने ३९ हजार २७२ जना चालकलाई कारबाही गरेको छ भने त्यही अवधिमा लापसे गरेर सवारी चलाउने २ सय ४२ जना चालक पनि कारबाहीमा परेका छन् । प्रहरीले उनीहरूबाट जरिवानाबापत् मात्रै ३ करोड ९९ लाख ६९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
यात्रु, सवारीसाधन र सडकलाई सुरक्षित बनाउँदै गन्तव्यमा पु¥याउन तथा दुर्घटना न्यूनीकरण गर्न मापसे र लापसे चेकिङलाई प्राथमिकतामा राखेको प्रहरी प्रवक्ता डिआईजी भिमप्रसाद ढकालले बताए ।
‘चालकले मापसे गरी सवारी साधन चलाएको पत्ता लगाउन मापसे चेकिङ गर्ने गरिएको छ ।

लहै–लहैमा लागेर घर भन्दा टाढाको दूरीमा गई मापसे गर्ने र सवारी साधन चलाएर हिँड्ने प्रवृत्तिले आकस्मिक र गम्भीर दुर्घटना निम्त्याउँछ,’ उनले भने, ‘त्यस्ता सम्भावित दुर्घटनालाई कम गर्न प्रहरीले निरन्तर चेकजाँच र कारबाही गर्दै आएको छ ।’
उनले सिसिटिभिको पहुँच न्यून र सीमित ठाउँमा मात्रै ट्राफिक प्रहरीको उपस्थितिका कारण मापसे गरी सवारी चलाउने प्रवृत्ति बढ्दो देखिएको बताए ।
‘यस्तो प्रवृत्तिलाई निरूत्साहित र मापसे तथा लापसे नियन्त्रणलाई प्रभावकारी बनाउन नेपाल प्रहरीले विभिन्न समयमा विविध नीति लागू गरी सफल कार्यान्वयन गर्दै प्रभावकारी रूपमा काम गर्दै आएको छ,’ उनले भने, ‘दुर्घटनाबाट आफ्नो र यात्रुको ज्यान बचाउनको लागि प्रत्येक चालकले सही हालतमा सवारी साधन चलाउनुपर्छ । यो कुरालाई स्थानीय स्तरमा सबै नागरिकले बुझ्न र पालना गर्न आवश्यक हुन्छ ।’

उनका अनुसार यो अवधिमा काठमाडौं उपत्यकामा १८ हजार ६२७ जना, कोशी प्रदेशमा २ हजार ५२४ जना, मधेश प्रदेशमा २ हजार २१ जना, बागमती प्रदेशमा १ हजार ९८ जना, गण्डकी प्रदेशमा ८ हजार ९२३ जना, लुम्बिनी प्रदेशमा २ हजार ७७३ जना, कर्णाली प्रदेशमा १ हजार २६४ जना र सुदूरपश्चिम प्रदेशमा २ हजार ४२ जना कारवाहीमा परेका छन् ।
कारवाहीमा पर्नेहरूबाट काठमाडौं उपत्यकामा १ करोड ८६ लाख २७ हजार रूपैयाँ, कोशी प्रदेशमा २५ लाख ३९ हजार ५ सय रूपैयाँ, मधेश प्रदेशमा २० लाख ४२ हजार ५ सय रूपैयाँ, बागमती प्रदेशमा ११ लाख १७ हजार रूपैयाँ, गण्डकी प्रदेशमा ९५ लाख ६८ हजार रूपैयाँ, लुम्बिनी प्रदेशमा २७ लाख ७३ हजार रूपैयाँ, कर्णाली प्रदेशमा १२ लाख ६० हजार रूपैयाँ र सुदूरपश्चिम प्रदेशमा २० लाख ४२ हजार रूपैयाँ राजश्व संकलन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist