पोखरा महानगर पालिका वडा न. १०, रामबजारमा रहेको कालिका माध्यमिक विद्यालयको ६० औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहको अवसरमा फूड फेष्टिवल, विज्ञान प्रदर्शनी साथै विविध साँस्कृतिक कार्यक्रम गरी मनाउने भएको छ । २०२१ साल माघ २१ गते स्थापित यस विद्यालयले बिभिन्न उप समिती गठन गरी बार्षिकोत्सव तथा अभिभावक दिवसको तयारी गरिरहेको जानकारी विद्यालय व्यबस्थापन अध्यक्ष दिपक बहादुर थापाले दिए ।
विद्यालयमा हाल कक्षा ११ र १२ तर्फ बिज्ञान, होटल ब्यबस्थापन, ब्यबस्थापन, शिक्षा र मानबिकीका बिषयमा पढाई भइरहेको छ ।वार्षिकोत्सव अवसरमा हुने फूड फेष्टिवलमा कक्षा ११ र १२ होटल ब्यबस्थापन बिषयका संयोजन गर्ने र विज्ञान प्रदर्शनीको संयोजन कक्षा ११ र १२ तर्फ बिज्ञान बिषयका बिद्यार्थीहरुले गर्ने जानकारी विद्यालयका प्रधानाध्यापक बलराम गिरी दिए ।
नमुना बिद्यालयको रुपमा रहेको यस मा. बि. शैक्षिक गुणस्तरका साथै अतिरिक्त क्रियाकलापमा पनि अगाडी रहेको जानकारी विद्यालयका सहायक प्रधानाध्यापक तथा सूचना अधिकारी लक्ष्मीकान्त अधिकारीले दिए ।