‘‘गुणस्तरीय शिक्षा, अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ अगाडि बढिरहेको यस विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुल, मोहरिया टोल, पोखरा–१, कास्कीमा शुक्रबारीय कार्यक्रम अन्तर्गत अंग्रेजी वादविवाद तथा हिज्जे प्रतियोगिता सम्पन्न गरियो ।

वादविवाद कार्यक्रममा मा.वि.तहमा कक्षा ९ की छात्रा अनिता बि.क. प्रथम, कक्षा ८ की छात्रा अंशु भुजेल द्वितीय र सोही कक्षाकी छात्रा प्रसंशा कार्की तृतीय भएका छन् । भने आधारभुत (सिनियर) तर्फ कक्षा ७ की छात्रा मञ्जिसा भुजेल प्रथम र कक्षा ६ का छात्र विनायक गिरी द्वितीय भएका छन् । यस्तैगरी प्रा.वि.तह अंग्रेजी हिज्जे प्रतियोगितामा रातो सदन ‘क’ बाट कक्षा ५ का छात्र आदित्य लम्साल, कक्षा ५ की छात्रा श्रीषा तिमिल्सिना, कक्षा २ का छात्र अंकित मन्नाको समूह प्रथम, रातो सदन ‘ख’ बाट कक्षा ४ की छात्रा सुजना परियार, कक्षा ३ का छात्र विश्वास थापा, कक्षा २ का छात्र उत्कर्ष विष्टको समूह द्वितीय र हरियो सदनबाट कक्षा ४ की छात्रा केन्जल जि.सी., कक्षा ३ की छात्रा दीया क्षेत्री, कक्षा ५ का छात्र सन्देश तामाङको समूह तृतीय भएका छन् ।

विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले उक्त विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्नु भयो । यस कार्यक्रमको सञ्चालन मा.वि. तहमा शिक्षक गणेश पौडेल र प्रा.वि. तहमा शिक्षिका अनिता थापाले गर्नुभएको जानकारी अतिरिक्त क्रियाकलाप प्रमुख राजु बयलकोटी गराउनु भयो ।