बिज्ञान समाज नेपाल कास्की र बिज्ञान समाज नेपाल, पोखरामहानगरको सयुक्त्त आयोजना आयोजित एकदिने बिज्ञान विषय (कक्षा ९ र १०) को प्रश्नपत्र निर्माण सम्बन्धि एकदिने अभिमुखिकरण कार्यक्रम पोखरा १९, लामाचौर स्थित गण्डकी आबसिय माद्यामिक बिद्यालयमा सप्पन्न भएको छ ।
शैक्षिक गुणस्तर परिक्षण केन्द्रका बरिस्ठ अधिकृत खिल नारायण श्रेष्ठले उक्त कार्यक्रममा सहजीकरण गर्नु भएको थियो ।

बिज्ञान समाज, कास्कीका अध्यक्ष शान्ताराम लामिछानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि गण्डकी आवसिय माध्यमिक बिद्यालयका प्राचार्य बिरेन्द्र खड्का तथा विशेष अतिथि स्टान गण्डकीका अध्यक्ष राजकुमार ढकाल अहुनुहुन्थ्यो ।कार्यक्रमको सन्चालन स्टान पोखरा महानगरका सचीव भेष बहादुर के. सि.ले गर्नुभएको थियो भने स्वागत मन्तव्य स्टान पोखरा महानगरका अध्यक्ष श्री टीकाराम सुवेदीले गर्नु भएको थियो ।
कास्की जिल्लाका विभिन्न विद्यालय बाट आउनु भएका बिज्ञान विषयका शिक्षकहरुलाई प्रशिक्षक श्रेष्ठले विभिन्न पाँच समुहमा बिभाजन गरि नयाँ पाठयक्रमको बारेमा, प्रश्न पत्र निर्माण कसरी गर्ने भन्ने बारे जानकारी दिनु भएको थियो । कार्यक्रममा सहभागी पाँच समूह बाट तयार विभिन्न तहका प्रस्नहरुको बारे पनि छलफल भएको थियो ।