Friday, March 14, 2025

आजको मिति: २०८१ फाल्गुन ३० ,शुक्रबार

  • समाचार
  • निति नियम
TRENDING
  • समाचार
  • निति नियम
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
कुमुदिनीमा होम्समा कथा वाचन प्रतियोगिता सम्पन्न
Next
Prev

पोखरा महानगरपालिकाले नदी, पोखरी तथा खोलाको नया मापदण्ड कायम

पोखरा महानगरपालिकाले बनाएको नयाँ भवन तथा पूर्वाधार मापदण्डले सेती नदीको मापदण्ड २० मिटर घटाएर नया मापदण्ड ३० मिटरमा कायम गरेको छ ।

भूकम्पपछि जारी बस्ती विकास, सहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत निर्माण मापदण्ड, २०७२ ले सेतीको मापदण्ड ५० मिटर कायम गरेको थियो । पोखरा महानगरपालिकाले हालै सार्वजनिक गरेको नयाँ मापदण्डमा २० मिटर घटाइएको छ ।

सेती नदीको सवालमा पुरनाचौरदेखि कोत्रेसम्म एउटै मापदण्ड तोकेको पोखरा महानगरपालिकाका घर नक्सा शाखा प्रमुख वरिष्ठ इञ्जिनियर सुरेन्द्र पौडेलले बताए । उनका अनुुसार पूरानो मापदण्डमा ५ देखि ५० मिटर तोकिएको थियो ।

पोखराको महेन्द्रपुल क्षेत्रको हकमा भने अहिले पनि ५ मिटर तोकिएको छ । ५ मिटर पुराना संरचनाको हकमा मात्रै लागु हुने पौडेलले जानकारी दिए । अब नयाँ बन्नेलाई ३० मिटर नै मापदण्ड लाग्ने उनको भनाइ छ ।

सेतीसँगै मर्दी, काली, हर्पन, पँुडी र सुरौदी खोलाको पनि ३० मिटर तोकिएको छ । सुइँखेत खोलाको १७ मिटर, पार्दी खोलाको १२.५ मिटर, काँहु र भलाम खोलाको १० मिटर नयाँ मापदण्डले तोकेको छ । बगादी, तालखोला र बेगनासताल खोलाको ७ मिटर लागु हुनेछ ।

फेवातालको सम्बन्धमा भने सर्वोच्च अदालतकोे आदेश अनुसार ६५ मिटर नै कायम हुनेछ । असार ४ गते सर्वोच्चले फेवातालको मापदण्ड ६५ मिटर कायम गर्न आदेश दिएको थियो ।

यस्तै, फिर्केखोलाको पनि मापदण्ड घटाइएको छ । फिर्केको मापदण्ड ६ मिटर तोकिएकोे हो । बेगनास र रुपातालको हकमा भने चारैतिर सिमानामा एक सय मिटर जग्गाको सतहको बनोट नाप्ने उल्लेख छ । नयाँ मापदण्डले दिपाङ, मैदी, गुदे, खाष्टे, न्युरेनीको ५० मिटर कायम हुनेछ ।

यस्तै,कास्कीकोटको ठुलिपोखरी (कश्यप ताल), कमलपोखरी, बुडुवाफाँट, पस्र्याङको खुडेपोखरी लगायत पोखरीहरुको ६ मिटर मापदण्ड तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist