Friday, March 14, 2025

आजको मिति: २०८१ फाल्गुन ३० ,शुक्रबार

  • समाचार
  • निति नियम
TRENDING
  • समाचार
  • निति नियम
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
कुमुदिनीमा होम्समा कथा वाचन प्रतियोगिता सम्पन्न
Next
Prev

पोखराको दोस्रो पञ्चवर्षीय अवधारणापत्रको मस्यौदामाथि छलफल

दोस्रो पञ्चवर्षीय योजनाको अवधारणापत्रको मस्यौदा सम्बन्धमा निजी क्षेत्रका सरोकारवालाहरुसँग अन्तरक्रिया तथा संवाद भएको छ ।
शहरी योजना आयोग र सार्वजनिक निजी संवाद मञ्चद्वारा आयोजित कार्यक्रमलाई पोखरा महानगरपालिका, अकाउन्टेबिलिटि ल्याब नेपाल र व्यवसायिक प्रवद्र्वन केन्द्रले सहयोग गरेका हुन् ।

कार्यक्रमको संचालन व्यवसायिक प्रवद्र्वन केन्द्रका प्रमुख नवराज अधिकारीले गरे । दोस्रो पञ्चवर्षीय योजनाको अवधारणापत्रको प्रारम्भिक मस्यौदा शहरी योजना आयोगका सदस्य होमनाथ गैरेले प्रस्तुत गरे ।

गण्डकी प्रदेश उद्योग परिषद्का सदस्य गणेश बहादुर थापाले योजनाको घोषणापत्र सबैले बुझ्ने सरल भाषामा लेखिनुपर्ने बताए । लेखनाथ उद्योग वाणिज्य संघकी जेनेरल सचिव जानुका पराजुलीले श्रम, सीप उपयोग गरी व्यवसायीकरण गर्न सकिने नीति निमार्ण गर्न आवश्यक रहेको बताइन् । शहरी गरिबी न्युनिकरण गर्न सरकारले व्यवसायीमैत्री वातावरण बनाउनुपर्नेमा जोड दिइन् ।

नेपाल अन्तराष्ट्रिय फोरमका अध्यक्ष प्रा. डा. विकास के.सीले शैक्षिक क्षेत्रमा बेथिति फैलिइरहेकाले विद्यालयहरुको अनुगमन गर्नुपर्ने बताए ।
नेपाल युवा उद्यमी मञ्चका सदस्य अशोक खड्काले ‘बुक फ्रि फ्राइडे’को अवधारणा पोखरामा पनि सुरु गर्नुपर्ने तर्क राखे । युवालाई उद्यमी बनाउन विद्यालयस्तरबाटै विद्यार्थीलाई तालिम दिन सुरु गर्नुपर्ने बताए । पोखरा पर्यटकीय नगर भएकाले प्राकृतिक सुन्दरतालाई हानि नपुग्नेगरि भवन मापदण्ड बनाउन पर्यटन विज्ञ डा. रामजी शर्माले बताए ।

सहभागी युवा दीपा भण्डारीले स्वास्थ्य क्षेत्र तथा यातायात सेवाहरु प्रविधिमैत्री बनाउनुपर्ने धारणा राखिन् । गण्डकी विश्वविद्यालयका डीन कपिल अधिकारीले पोखरालाई बच्चामैत्री शहरको रुपमा स्थापित गराउनुपर्ने बताए । अनुसन्धानको विधामा सर्भे, डाटा कलेक्शन गर्नुपरेमा यस्ता कामको जिम्मेवारी विश्वविद्यालयलाई दिनु उपयुक्त हुने बताए । शहरी योजना आयोगका उपाध्यक्ष र सार्वजनिक निजी संवाद मञ्चका संयोजक प्रेमलाल लामिछानेले सम्पुर्ण सुझावहरुलाई मनन गरी विकास योजनालाई अगाडि बढाउने वाचा गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist