Saturday, March 15, 2025

आजको मिति: २०८१ चैत्र १ ,शनिबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
कुमुदिनीमा होम्समा कथा वाचन प्रतियोगिता सम्पन्न
Next
Prev

पोखरामा भोलिदेखि राष्ट्रिय ह्विलचियर बास्केटबल प्रतियोगिता हुँदै

पोखरामा आइतबारदेखि पहिलो विकास शिल्ड राष्ट्रिय ह्विलचियर बास्केटबल च्याम्पियनसिप हुने भएको छ । आयोजक सुन्दर ढोका साथीले शनिबार पोखरामा पत्रकार सम्मेलन गर्दै अपांगता भएका व्यक्तिहरुलाई खेलकुदमा प्रोत्साहन तथा विकास र प्रवद्र्धन गर्ने मुख्य उदेश्यले प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो ।

पोखरा रंगशाला र रामघाट पुन समाजको कबर्डहलमा २ दिनसम्म चल्ने प्रतियोगितामा १५ टोली सहभागी हुने प्रतियोगिता व्यवस्थापक हिमाल अर्यालले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा विभागीय टोली नेपाल आर्मी, एपीएफसहित ७ प्रदेशबाट पुरुष ९ टिम, महिला टिम ६ समूहले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेता हुने महिला तथा पुरुष ६ समूहबाट प्रथम हुने टोलीले ५०, हजार दोस्रो हुनेले ४० हजार र तेस्रो हुने टोलीले ३० हजार रुपैयाँ तथा सान्त्वना पुरस्कार ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । संस्थाका संस्थापक कार्यकारी निर्देशक स्वर्गीय विकास अधिकारीको दोस्रो वार्षिक स्मृतिमा प्रतियोगिता आयोजना गरिएको संस्थाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist