Saturday, March 15, 2025

आजको मिति: २०८१ चैत्र १ ,शनिबार

  • समाचार
  • शिक्षा/स्वास्थ्य
TRENDING
  • समाचार
  • शिक्षा/स्वास्थ्य
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
कुमुदिनीमा होम्समा कथा वाचन प्रतियोगिता सम्पन्न
Next
Prev

मन्टेश्वरी एशोसियसन कास्की (म्याक)द्वारा तीनदिने अभिभावक शिक्षा प्रशिक्षण कार्यक्रमको आयोजनामा

मन्टेश्वरी एशोसियसन कास्कीको आयोजनामा तीनदिने अभिभावक शिक्षा प्रशिक्षण कार्यक्रम शनिवारबाट सुरु भएको छ । पोखराको लेकसाइड स्थित पौवा होटलमा सुरु भएको कार्यक्रमको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्नुभएको छ । कार्यक्रममा प्रमुख अतिथि आचार्यले एशोसियसनले गरेको यस प्रकारको कार्यक्रम अत्यन्त महत्वपुर्ण रहेको बताउनुभयो । पोखरा महानगरपालिकाले यसअघिपनि महानगरका शिक्षकहरुलाई लिएर यस्तो कार्यक्रम संचालन गरेको स्मरण गर्नुभयो । उहाँले आफैले पाठ्यक्रम र प्रयोगशाला बनाएर अपनाइने सिकाइको पद्धति भएकाले यसमा निकै मिहेनत र अध्ययनको आवश्यकता रहेको बताउनुभयो । आफु देशभरका विद्यार्थीले पठ्ने विषयका पाठ्यक्रमका बारेमा जानकार रहेको बताउदै उहाँले मन्टेश्वरीहरुले गरिरहेको कामले समाजमा महत्वपुर्ण भुमिका रहेको बताउनुभयो ।

प्रशिक्षणमा मन्टेश्वरी एशोसियसन कास्की (म्याक) का पूर्व अध्यक्ष मिलन केसी र गण्डकी आवसिय मा.बि. लामाचौरका शिक्षिका लक्ष्मी शर्माले सहजिकरण गर्नुभएको थियो ।

कार्यक्रममा कास्की जिल्लामा रहेका विभिन्न मन्टेश्वरीहरु स्कुलका ४५ जना संचालक तथा प्रिन्सिपलहरुको सहभागिता रहेको छ । । तीन दिन (शनिबार देखी सोमबार) सम्म संचालन हुने कार्यक्रममा सहभागिहरुलाई वालवालिकालाई ८ वर्षको उमेरसम्म कस्तो व्यवहार गर्ने, उनिहरुलाई घर परिवारमा कस्तो वातावरण दिने, कसरी सिकाई प्रकृया संचालन गर्ने, वालवालिकाको मनोविज्ञान र उनिहरुको हेरचाहको विषयमा प्रशिक्षण दिईने छ र उनिहरुले आफ्नो मन्टेश्वरीमा रहेका वालवालीका र उनिहरुका अभिभावकहरुलाई सिकाउने अपेक्षा राखेको एशोसियसनका अध्यक्ष भवानी बरालले जानकारी दिनुभयो । २० औ शताब्दिमा इटालीकी एजुकेटर तथा फिजिसियन मारिया मन्टेश्वरीले सुरुवात गरेको मन्टेश्वरी शिक्षण पद्धति अहिले संसारभर लोकप्रिय भएको छ । नेपालमा पनि पोखरा, काठमाण्डौ लगायत देशका मुख्य शहरहरुमा मन्टेश्वरी पद्धतिले बालबालिकालाई सिकाउने उद्देश्यले थुप्रै मन्टेश्वरी स्कूलहरु संचलनमा आएका छन् ।

मन्टेश्वरी भनेको त्यस्तो आधुनिक शिक्षा विधि हो जहाँ विद्यार्थीहरु आत्म निर्देशित अर्थात् रुचिकर गतिविधिहरुमा तल्लीन रहन्छन । सामान्यतया २ देखि ८ वर्ष उमेर समूहका बालबालिकालाई सबै इन्द्रीयहरुको प्रयोग मार्फत आफैंले छोएर, हेरेर, गरेर अनि व्यक्तिगत वा समुहगत रुपमा विभिन्न क्रियाकलाप अथवा खेलमा सहभागी गराएर सिकाउने विधि मन्टेश्वरी शिक्षा हो । मन्टेश्वरी कक्षामा विद्यार्थीहरुले परम्परागत स्कुलमा जस्तै घोकेर, रटेर नभई प्रयोगात्मक गतिबिधि मार्फत आफैं सिक्ने भएकाले विश्वभरि नै मन्टेश्वरी शिक्षा प्रख्यात रहेको छ ।

साथै अहिले पोखरा आसपासमा ८० बढी मन्टेश्वरी रहेपनि एशोसियसनमा ५० मात्र मन्टेश्वरी आवद्ध भएकाले आफ्नो कार्यत्रकालमा सबैलाई आवद्ध गराउने आफ्नो उद्देश्य रहेको अध्यक्ष बरालले जानकारी दिनुभयो । एशोसियसनका अध्यक्ष भवानी बरालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव रिता देवी सुवेदी ले गर्नुभएको थियो भने स्वागत कार्यसमिति सदस्य एवं कार्यक्रमका संयोजक संगिता न्यौपानेले गर्नुभएको थियो ।
२०७२ सालमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist