सूचना केन्द्र, आर्ट ग्यालरी, पुस्तकालय र घन्टाघरसहित पोखरा भवनको शिलान्यास भएको छ । पोखरा पृथ्वीचोकमा बन्ने उक्त भवन पोखरा महानगर प्रमुख धनराज आचार्यले हिजो पोखराको सातौं स्थावना दिवसको अवसरमा शिलान्यास गरेका हुन् । १८ महिनामा सक्ने गरी पोखरा भवन कोजु इन्जिनियरिङ, आरुषी, एबीएसी जेभीले ठेक्का पाएको हो ।
उक्त भवन बनाउन भ्याटबाहेक ६ करोेड ९३ लाख रुपैयाँमा महानगरले जेभीग ठेक्का सम्झौता गरेको होे । ‘पोखरा भवन’को भुइँतलामा सूचना केन्द्र, दोस्रो तलामा पुस्तकालय, तेस्रो तलामा ग्यालरी र त्यसमाथि घन्टाघर बन्ने महानगर भवन तथा पूर्वाधार महाशाखा प्रमुख इन्जिनियर सुरेन्द्र पाण्डेले जानकारी दिए । उनका अनुसार अन्डरग्राउन्डमा एकैपटक ४० वटा मोटरसाइकल पनि पार्किङ गर्न मिल्नेछ ।