Friday, March 14, 2025

आजको मिति: २०८१ फाल्गुन ३० ,शुक्रबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

युक्रेनले सार्वजनिक ग¥यो पाँच जना नेपाली युद्धबन्द

युक्रेनले रुसी सेनामा भर्ती भएका नेपालीसहित ८ युद्धबन्दी सार्वजनिक गरेको छ । समाचार संस्था रोयटर्सका अनुसार थुनामा रहेका युद्धबन्दीमध्ये शुक्रबार ५ नेपाली क्युबा, सोमालिया र सियरा लियोनका एक÷एक गरी ८ जनालाई सार्वजनिक गरेको हो । उनीहरूलाई सार्वजनिक गर्दै युक्रेनी सेनाले रूसी सेनामा भर्ती हुनबाट आफ्ना नागरिकहरूलाई रोक्न आग्रह गरेको छ । पत्रकार सम्मेलनमा युद्धबन्दीहरूलाई वर्दीमा उपस्थित गराइएको थियो । त्यहाँ दुई पङ्क्तिमा उनीहरुलाई राखिएको रोयटर्सले उल्लेख गरेको छ । यात्सेन्कोले उनीहरूलाई पनि अन्य युद्धबन्दीहरूलाई जस्तै व्यवहार गरिएको पनि बताए परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत बहादुर राईले सार्वजनिक गरिएको भनिएकाहरू थप नयाँ व्यक्तिहरू नभएको बताएका छन् ।

रूसी सेनामा भर्ती भएका ६ जना नेपाली युवकहरूलाई युक्रेनले बन्दी बनाएको उनले बताए । राजापुर नगरपालिका–१ बर्दियाका विवेक खत्री, मण्डनदेउपुर नगरपालिका–६ काभ्रेका सिद्धार्थ ढकाल, लेटाङ–२ मोरङका विकास राई, दाङका प्रतिक पुन, खैरहनी चितवनका सुजन सुवेदी र गोरखाका ईश्वर लामिछानेलाई युक्रेनमा बन्दी बनाइएका हुन् । उनीहरुलाई युक्रेनको नियन्त्रणबाट मुक्त गरी स्वदेश ल्याउने प्रक्रिया भइरहेको प्रवक्ता राईले जानकारी दिए । नेपालको दूतावास पनि नभएकाले अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी र जर्मनीस्थित नेपाली दूतावासबाट पहल भइरहेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist