Friday, March 14, 2025

आजको मिति: २०८१ फाल्गुन ३० ,शुक्रबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

एमाले कास्की अध्यक्षमा दुई प्यानलको प्रतिस्पर्धा विवेक त्रिपाठीको पनि अध्यक्षमा उम्मेदवारी

पोखरा
नेकपा एमालेको कास्की जिल्ला कमिटीको अध्यक्षको लागि दुई गुटबीच प्रतिस्पर्धा हुने भएको छ । एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी गुटको प्यानलसहित उम्मेदवारी परेको जनाइएको छ । अध्यक्षमा खगराज समूहबाट अध्यक्षमा बैनबहादुर अधिकारी क्षेत्री र पृथ्वीसुब्बा समूहबाट माधव बास्तोलाले मनोनयन गर्दा गराएका छन् । दुबै गुटभन्दा बाहिरबाट विवेक त्रिपाठीले उम्मेदवारी दिएका छन् ।

खगराज समूहबाट अध्यक्षमा उम्मेदवारी दिएका वैनबहादुर यसअघिका जिल्ला सचिव हुन् । पृथ्वीसुब्बा समूहका बास्तोला युवा संघको राजनीति हुँदै अध्यक्षमा उठेका हुन् । वैनबहादुर प्यानलबाट उपाध्यक्षमा भेषराज बराल, सचिवमा लेखबहादुर तामाङ ९दर्शन लामा, उपसचिवमा सन्तु सुवेदी र लालबहादुर परियार छन् भने माधब बास्तोला समूहबाट उपाध्यक्षमा शिव आचार्य, सचिवमा सुरेन्द्र गुरुङ र उपसचिवमा राधिका शाही योगी र सीता विकले उम्मेदवारी दिएका छन् । उपसचिवमै प्यानल बाहेकबाट संगीता सुवेदीले पनि उम्मेदवारी दर्ता गराएकी छन् ।

शनिबार एमाले महासचिव शंकर पोखरेलले उद्घाटन गरेकोे अधिवेशनमा सहमतिमा नेतृत्व चयनको प्रयास असफल भएको थियो । अध्यक्षका उम्मेदवारहरुले आफू गुटको नभइ एमालेका प्रतिनिधिको भावनाअनुसार नेतृत्वमा दाबी गरेको बताएका छन् । अध्यक्षका उम्मेदवार बैनबहादुरले अनेरास्ववियु र पार्टीको गाउँ कमिटी, क्षेत्रीय कमिटी, कार्यालय सचिव, जिल्ला सचिव हुँदै स्वभाविक रुपमा अध्यक्षमा दाबी गर्ने ठाउँमा आफू आइपुगेको जानकारी दिए ।

अर्का अध्यक्षका उम्मेदवार माधव बास्तोलाले एमाले कास्कीलाई सुदृढ गराउनका लागि नेतृत्वमा आउन चाहेको बताए । युवादेखि पार्टीका विभिन्न तहमा रहेर काम गरेको अनुभव आफूसँग रहेको र अहिले राजनीतिमा युवाको विकर्षणलाई सम्बोधन गर्न आफूले नेतृत्वका लागि मनोनय दर्ता गराएको बास्तोलाले बताए ।

अध्यक्षकै उम्मेदवार विवेक त्रिपाठी यसअघिका जिल्ला कमिटी सदस्य हुन् । उनले गुटको राजनीतिका विरुद्ध आफूले उम्मेदवारी दिएको बताए । ‘एमालेको निष्ठा र आचरण गुटका कारणले मर्दै आएको छ । अधिवेशनमा विद्युतीय भोटिङ मेसिनमार्फत मतदानको गराउने तयारी भइरहेको छ । यो अधिवेशनले १२० सदस्यीय नयाँ कमिटी निर्वाचित गर्नेछ । त्यसपछि थप १० प्रतिशत मनोनित र थप १० प्रतिशत अन्य पार्टीबाट आएकाहरूलाई समेटेर १४१ सदस्यीय कमिटी बन्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist