Friday, March 14, 2025

आजको मिति: २०८१ फाल्गुन ३० ,शुक्रबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

नर्सरी व्यवसायको प्रर्वद्धनका लागि हर्टिकल्चर एक्स्पो हुने

नर्सरी व्यवसायी संघले नर्सरी क्षेत्रको एकिकृत महाकुम्भ मेलाको रुपमा प्रथम नेशनल हर्टिकल्चर एक्स्पो २०८० आयोजना गर्ने भएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै यस वर्षदेखि पुष्प, फलफूल, कृषिवन तथा जडिबुटी नर्सरीका व्यवसायिक उत्पादनहरुको वृहत प्रदर्शनीको रुपमा प्रथम एक्स्पो यही चैत्र १६ गतेदेखि १९ गते सम्म भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना गर्न गइरहेको मेला संयोजक रामजी कुँवरले जानकारी गराए ।

उनले मेलाले अर्थतन्त्र विकासमा संलग्न उद्यमी व्यवसायीहरु तथा समग्र कृषि क्षेत्रमा लगानी गरेर रोजगारी सिर्जना गर्ने सपना देखिरहेको उद्यमी व्यवसायीहरुलाई एकपटक उत्साहित गर्ने विश्वास लिएको बताए । उनले नर्सरी व्यवसाय गर्न चाहने नवउद्यमी, जिज्ञाशु एवं अध्ययन अध्यापन साथै अनुसन्धान गर्ने सम्पूर्णको लागि मेला बृहत साझा मञ्च हुने भन्दै मेलामा कम्तीमा ५० हजार अवलोकन कर्ताले अवलोकन गर्ने साथै एक करोड भन्दा बढीको आर्थिक कारोवार हुने अपेक्षा गरेको पनि जानकारी दिए ।

मेलामा संभव भएसम्म देशभरीबाट पुष्प नर्सरी, फलफूल नर्सरी, कृषि वन नर्सरी तथा जडिबुटी नर्सरीको सातसय भन्दा बढि प्रजातीका बोटविरुवाहरु प्रदर्शनी तथा विक्री वितरणको लागि राखिने छ । साथै मलखाद, अर्गानिक एवं रासायनिक बिषादी, विउ विजन, औजार उपकरण तथा प्रविधिहरुको समेत स्टल रहने छ । मेलामा ७४ वटा व्यवसायीक स्टल, चारवटा फुड स्टल, सातवटा अफिसियल स्टल तथा प्रतिष्पर्धाको पाँच वटा स्टल समेत जम्मा ९० वटा स्टल रहने छ ।

मेला अवलोकन गर्न सर्वसाधारणको लागि प्रवेश शुल्क प्रति व्यक्ति एकसय रुपैंयाँ र विद्यार्थीहरु र जेष्ठ नागरिकको लागि प्रति व्यक्ति ५० रुपैंयाँको व्यवस्था गरिएको छ । संस्थाले व्यवसायीहरुको क्षमता विकासका लागि स्वस्थ प्रतिस्पर्धा गराई व्यवसायीहरुको हौसला बढाउन शिल्ड, नगद तथा प्रमाण पत्रद्वारा पुरस्कृत गर्ने व्यवस्था पनि गरिएको छ । प्रतिस्पर्धाको मूल्यांकन कृषि वागवानी विज्ञ, वनस्पती विज्ञ, साथै माटो तथा पर्यावरण विज्ञ सहितको संलग्नतामा तीन सदस्यीय मुल्याकंन समिति समेत गठन गरेको छ ।

एक्स्पोको अवसरमा लामो समयदेखि निरन्तर नर्सरी व्यवसायको विकासमा टेवा पुर्याउने पुराना व्यवसायीहरु मध्यबाट एक जनालाई ‘दिर्घकालीन क्रियाशील नर्सरी व्यवसायी सम्मान’ द्वारा सम्मान गरिनुको साथै नर्सरीसँग सम्बन्धित वस्तु स्वदेशमै उत्पादन गरि आत्मनिर्भर बनाउन व्यवसायीहरुलाई उत्प्रेरणा जगाउने उद्देश्यको लागि नर्सरी व्यवसायी मध्यबाट एक जनालाई ‘वर्षको विशेष उत्पादनमुखी व्यवसायी सम्मान’ द्वारा सम्मान गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist