Saturday, March 15, 2025

आजको मिति: २०८१ चैत्र १ ,शनिबार

  • समाचार
  • घटना
TRENDING
  • समाचार
  • घटना
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

पर्वत दम्पती हत्याः शंकास्पद २ जना प्रहरीको नियन्त्रणमा

पवर्तको जलजला गाउँपालिका वडा नं।२ मल्लाजमा भएको दम्पती हत्यामा शंकास्द देखिएपछि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी श्रीमति ६७ वर्षीया कमला जिसी हत्या घटनामा दुई जना नियन्त्रणमा लिएर सोधपुछ सुरु गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक विकासराज खनालले बताए ।

‘सोधपुछ धेरैलाई गरियो । तर, दुई जना अलि बढी शंकास्पद देखिएपछि नियन्त्रणमा लिएर थप अनुसन्धान हुँदैछ । अहिले नै उनीहरुको भूमिका के हो भन्ने खुलिसकेको छैन,’ डीआईजी खनालले अनलाइनखबरसँग भने । नियन्त्रणमा रहेकाहरुको संलग्नताबारे अहिले नै पुष्टि भइनसकेकाले प्रहरीले उनहरुको विवरण भने गोप्य राखेर अनुसन्धान गरिरहेको छ । डीआईजी खनालको टोली मंगलबार नै पोखराबाट घटनास्थल गएको थियो । डीआईजी खनालका अनुसार घटना भएको घर एकान्त ठाउँमा भएकाले वरपरका कसैले पनि केही थाहा नपाएको बताएका छन् ।

त्यस्तै मंगलबार नै अनुसन्धानका लागि गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट कुकुरसहितको टोली, डाक्टरको टोली र प्राविधिक टोली परिचालन गरिएको थियो । अहिले प्राविधक र म्यानुअल दुवैतर्फबाट अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख तथा डीएसपी खुमलाल भुसालले बताए । घटनास्थल पवर्त र म्याग्दीको सीमा क्षेत्र नजिक रहेको छ । घटनास्थल जिल्ला पर्वतबाट भन्दा पनि जिल्ला प्रहरी कार्यालय ९जिप्रका० म्याग्दीबाट नजिक रहेकाले प्रहरीले जिप्रका म्याग्दीलाई बेस बनाएर हामीले अनुसन्धान अघि बढाएको छ ।

सोमबार राति ९ बजेसम्म जिसी दम्पतीको अवस्था ठीक रहेको देखिएको थियो । ९ बजेसम्म उनीहरुले आफन्तसँग फोनमा कुराकानी गरेको समेत देखिएको छ । तर, भोलिपल्ट मंगलबार बिहान जिसी दम्पतीका छोराले म्याग्दीबाट फोन गरेका थिए । तर, फोन उठेन । जिसी दम्पतीका एक छोरा म्याग्दीमा फेन्सी पसल सञ्चालन गर्छन् भने दुई छोराहरु कोरियामा छन् । कोरियाबाट समेत फोन गर्दा फोन नउठेपछि छिमेकीलाई खबर गरिएको थियो । छिमेकीहरु गएर हेर्दा दुवै जना लडेको अवस्थामा मृत फेला परेपछि प्रहरीलाई खबर आएको डीएसपी भुसालले बताए । ‘शरीररमा चोट र निलडाम पनि छन् । जसकारण लाठ्ठीले हान्नेदेखि धारिलो हतियार प्रहार गरेर हत्या गरेको जस्तो देखिन्छ,’ डीएसपी भुसालले भने ।

दम्पतीले घरमै सानो किराना पसल पनि सञ्चालन गर्दै आएका थिए । किराना पसल चाबी लगाएको अवस्थामा बन्द थियो । तर दम्पती सुतेको कोठामा भने बाहिरबाट चुकुल लगाइएको थियो । स्थानीय घर ढोका खोलेर हेर्दा दुवै जना रक्ताम्य अवस्थामा मृत भेटिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist