Saturday, May 10, 2025

आजको मिति: २०८२ बैशाख २७ ,शनिबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
कुमुदिनी होम्समा वक्तृत्वकला सम्पन्न
Next
Prev

गण्डकीमा नयाँ सरकार गठनको आह्वान

गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । बुधबार बिहान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश प्रमुख भट्टले दिउँसो संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गरेका हुन् । प्रदेश प्रमुखको अनुसार चैत २७ गते दिउँसो ३ बजेभित्र मुख्यमन्त्री पदमा नियुक्त हुन दाबी पेश गर्नुपर्नेछ । धारा २ मा दुई वा दुई बढी दलले बहुमतको सरकार बनाउने प्रावधान छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत जुटाउन नसकेपछि राजीनामा दिएका थिए। ६० सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ३१ संसदको समर्थन चाहिन्छ । गण्डकी प्रदेशमा कांग्रेसका २७ जना सांसद छन् । गण्डकीमा सत्ता गठबन्धनमा एमालेको २२ र माओवादी केन्द्रको सभामुखसमेत ८ सिट छ । यहाँ सरकार गठनका लागि २ सिट भएको राप्रपा निर्णायक मानिएको छ ।

उपधारा २ अनुसार सरकार बन्न सकेन भने प्रदेश प्रमुखले धारा ३ अनुसार सरकार गठनको लागि आह्वान गर्नेछन्। उपधारा ३ मा प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेता मुख्यमन्त्री बन्ने प्रावधान छ । यही प्रावधानअनुसार पाण्डे पुनः मुख्यमन्त्री नियुक्त हुनेछन् । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र उनले विश्वासको मत लिनुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist