Saturday, March 15, 2025

आजको मिति: २०८१ चैत्र १ ,शनिबार

  • समाचार
  • शिक्षा/स्वास्थ्य
TRENDING
  • समाचार
  • शिक्षा/स्वास्थ्य
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

मेरील्यान्ड किड्स मन्टेश्वरीमा दीक्षान्त समारोह सम्पन्न

पोखरा १५ रामबजार मिलन मार्गमा रहेको मेरील्याण्ड किड्स मन्टेश्वरीमा पूर्व प्राथमिक तह अध्ययन पुरा गरेका बाबु नानीहरुको लागि दीक्षान्तर समारोह सम्पन्न भयो। विद्यालयका संस्थापक प्रिन्सिपल सीता तिमिल्सिना सुवेदीले दीक्षित हुने बाबुनानीहरूलाई उज्ज्वल भविष्यको कामना गर्दै असल र सभ्य नागरिक बनाउनको लागि विद्यालय समाज र अभिभावकको महत्वपूर्ण योगदान हुने कुरामा जोड दिनुभयो।

अभिभावकको तर्फबाट सुमन शर्मा भट्टराईले विद्यालयमा सिकाइको उपयुक्त बालमैत्री वातावरण रहेको र बाबु नानीको सिकाइका लागि अभिभावकले पनि बालबालिकाहरूका लागि पर्याप्त समय दिनुपर्ने र उनीहरुलाई मोबाइल तथा ग्याजेटको धेरै प्रयोग गर्न दिनु नहुने कुरामा जोड दिनुभयो। यस्तै अर्का अभिभावक लक्ष्मी लम्सालले वातावरण बुझी प्रयोगात्मक सिकाई हुने विद्यालयमा पारिवारिक वातावरण र बच्चाको मनोभावना अनुसार पठनपाठन हुने गरेको कुरा बताउनुभयो साथै बाबुनानीहरूप्रति उज्ज्वल भविष्यका लागि शुभकामना पनि व्यक्त गर्नुभयो।

यसै अवसरमा अभिभावकहरूको लागि आफ्नो बच्चा चिन्नुहोस् नामक खेल पनि खेलाइएको थियो। जसमा अभिभावकहरूले आफ्ना बाबु नानीहरूको हात छामेर आफ्नो बाबु नानीहरूको पहिचान गर्नुपर्ने थियो। जसमा अधिकांश अभिभावकहरूले आफ्ना बाबुनानीहरू चिन्न सफल हुनुभएको थियो। खेलले कार्यक्रममा थप रौनक बढाएको थियो। कार्यक्रममा बालबालिकाले नृत्य तथा गीत प्रस्तुत गरेका थिए। दीक्षित हुने सम्पूर्ण बाबुनानीहरूले आफ्नो परिवारको र विद्यालयको परिचय दिएका थिए।

संस्थाका संस्थापक तथा निर्देशक कुलप्रसाद सुवेदीले कार्यक्रम सफल बनाउन योगदान गर्नुहुने विद्यालय प्रशासन शिक्षक कर्मचारी अभिभावक तथा प्यारा विद्यार्थी बाबुनानीहरुप्रति आभार व्यक्त गर्नुभयो। सुवेदीले पहिले पहिले दीक्षान्त समारोह विश्वविद्यालयमा मात्रै कुनै तह उत्तीर्णपछि गर्ने गरेको भए तापनि हाल यो विद्यालय तह र कुनै ज्ञान सीप तालिम पछि पनि दीक्षित गर्ने गरिएको बताउनुभयो । हालसम्म विद्यालय अभिभावकको माया तथा सद्भावले संस्था यहाँसम्म आएकोले आगामी दिनहरूमा पनि यस्तै सहयोग अपेक्षा राख्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist