Friday, March 14, 2025

आजको मिति: २०८१ फाल्गुन ३० ,शुक्रबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

विमला घिमिरे राष्ट्रिय सभा उपाध्यक्षमा निर्वाचित

राष्ट्रिय सभाको उपाध्यक्षमा विमला घिमिरे निर्वाचित भएकी छन् । राजनीतिमा लागेको ३३ वर्षपछि घिमिरे राष्ट्रिय सभाको उपाध्यक्ष पदमा पुगेकी हुन् । बुधवार राष्ट्रिय सभामा भएको निर्वाचनमा विमला घिमिरेलाई उपाध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रश्तावको पक्षमा बहुमत भएकाले उनी निर्वाचित भएको अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरेका हुन् । एमाले, नेकपा ९माओवादी केन्द्र०, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा ९एकीकृत समाजवादी० लगायतका सत्तारुढ दलहरुको साझा उम्मेदवार घिमिरेको पक्षमा ३९ मत परेको थियो भने काँग्रेसकी विष्णुदेवी पुडासैनीले १६ मत पाइन् । बैठकमा ५५ जना सांसदहरुको उपस्थिति रहेको थियो ।

गत चैत्र १५ गते तत्कालिन उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएपछि सो पद रिक्त भएको थियो । घिमिरेलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी ९जसपा०ले मत दिएका थिए । पुडासैनीलाई कांग्रेस र लोसपाका सांसदले मत दिए । राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित घिमिरे २०७६ सालमा लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा चुनिएकी थिइन् । राष्ट्रिय सभामा चार वर्ष काम गरेकी घिमिरेको कार्यकाल दुई वर्ष मात्रै बाँकी छ ।

एसएसलीसम्म अध्ययन गरेकी घिमिरेसँग राष्ट्रिय प्रतिनिधि परिषद्, पार्टी केन्द्रीय स्कुल विभाग, अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीमा रहेर काम गरेको अनुभव छ ।

उनी नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०मा केन्द्रीय सदस्य थिइन् । एमाले र माओवादीबीचको पार्टी एकता सर्वोच्च अदालतले भंग गरिदिएपछि बनेको एमालेमा घिमिरेले कपिलवस्तुको इन्चार्ज जिम्मेवारी पाएकी थिइन् । राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित भएपछि भने उनले अब दलीय आवद्धता त्याग गर्नुपर्ने हुन्छ । राष्ट्रिय सभाको अर्को बैठक चैत्र ३० गते शुक्रवार एक बजेर १५ मिनेटमा बस्ने गरी बोलाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist