गोरखाको चुमनुव्री गाउँपालिका–१ सामागाउँको वीरेन्द्र ताल क्षेत्रमा आज बिहान हिउँपहिरो खसेको छ । मनास्लु हिमालको बेसक्याममा हिमपहिरो गएर वीरेन्द्र तालमा मिसिँदा तालको पानी छचल्किएर बग्दा बुढीगण्डकी नदीमा पानीको सतह बढेको छ । सामागाउँबाट साम्दो जाने पैदलमार्गको एउटा काठेपुल पनि बाढीले बगाएको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए । बाढीका कारण एउटा काठको पुल बगाएको र कुनै मानवीय क्षति भने भएको छैन् । बाढीले थप क्षति पु¥याउन सक्ने जोखिम छ ।
बुढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सजक रहन आग्रह गरिएको छ । बाढीले थप क्षति पु¥याउन सक्ने भन्दै बुढीगण्डकी नदी आसपासका क्षेत्रमा सतर्क रहन गृह मन्त्रालयले आग्रह गरेको छ । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जोखिम क्षेत्रमा सावधानी अपनाउन र स्थानीय प्रशासनलाई क्षतिको जोखिम आँकलन गरी आवश्यक तयारीमा जुट्न आग्रह गरका छन् ।