Wednesday, March 12, 2025

आजको मिति: २०८१ फाल्गुन २८ ,बुधबार

  • समाचार
  • घटना
TRENDING
  • समाचार
  • घटना
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

महाभूकम्पको ९ वर्ष पूरा, बारपाकमा सार्वजनिक बिदा

गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा भूकम्प’ स्मृति दिवसका अवसरमा आज बारपाक सुलिकोट गाउँपालिकामा सार्वजनिक बिदा दिइएको छ । २०७२ साल बैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्र विन्दु बनाएर विनाशकारी भूकम्प गएको आज ९ वर्ष पूरा भएको छ । बैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेट जादाँ ७।८ रेक्टरस्केलको विनाशकारी भूकम्पमा परी ज्यान गुमाएकाको स्मृतिमा सार्वजनिक बिदा दिइएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए ।

गोरखा भूकम्पमा परी देशभर ८ हजार ९सय ७९ जनाको ज्यान गएको थियो भने भौतिक संरचनामा पनि ठूलो क्षति पु¥याएको थियो । गोरखा जिल्लामा मात्रै ४ सय ७१ जनाको मृत्यु भएको थियो । त्यसमध्ये बारपाकमा मात्रै ७२ जनाले ज्यान गुमाएका थिए । भूकम्पमा २२ हजार ३०९ जना घाइते भएका थिए । भूकम्पले गोरखासहित १४ जिल्ला अतिप्रभावित र ३१ जिल्लामा क्षति पु¥याएको थियो । बितेका ८ वर्षमा सरकारले अधिकांश व्यक्तिगत घरहरुको पुनर्निर्माण गरेको छ भने धरहरा, बसन्तपुर दरबार, काष्ठमन्डप लगायतका सम्पदाको पनि पुुननिर्माण गरिएको छ । केही अझै पुननिर्माणको क्रममा छन् ।

सरकारले १९ वटा जिल्लामा एकीकृत नमुना बस्ती निर्माण पनि गरेको छ । महा भूकम्पपछिको पुनर्निर्माणमा पौने चार खर्ब सकिएको छ । तर, नौ वर्षमा अझै ९२ हजार विस्थापित परिवारका घर पुनर्निर्माण हुन बाँकी छन् भने सिंहदरबार र धरहराजस्ता ऐतिहासिक संरचना निर्माण कार्य अझै बाँकी छन् । भूकम्पबाट विस्थापित ८ लाख ३३ हजार ८२१ घर–परिवारमध्ये आठ लाख ३२ हजार पाँच सय ८२ लाभग्राहीसँग आवास निर्माणका लागि अनुदान सम्झौता भएको थियो । त्यसमध्ये ७ लाख ४१ हजार सात सय ९८ लाभग्राहीले मात्रै सम्झौता अनुसार निजी आवास निर्माण गर्न सके । ९२ हजार २३ लाभग्राहीले भूकम्पमा ध्वस्त भएका घर निर्माण गर्न सकेका छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist