Saturday, March 15, 2025

आजको मिति: २०८१ चैत्र १ ,शनिबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

गण्डकीका मुख्यमन्त्रीको विश्वासको मतविरुद्ध कांग्रेसले दियो सर्वोच्चमा रिट

गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले ३० सांसदको समर्थन पाएका मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत पाएको घोषणा गरेपछि नेपाली कांग्रेसले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ । कांग्रेस गण्डकी संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सभामुखको उक्त घोषणाविरुद्ध मंगलबार सर्वोच्चमा रिट दायर गरेका हुन् । संविधानको धारा १८८ प्रतिकुल भएको कार्य प्रथम दृष्टिमा गैह्रकानुनी र त्रुटिपूर्ण भएको भन्दै विश्वासको मत लिने सम्बन्धमा सभामुखबाट भएको घोषणाको निर्णय बदर गर्न कांग्रेसले माग गरेको छ ।

विश्वासको मत प्राप्त गर्न आवश्यक ३१ सदस्य संख्याको अभावमा ३० सदस्य संख्याको समर्थन पाएको भन्ने आधारमै विश्वासको मत पाएको भनी सम्पूर्ण सदस्य संख्या ६० लाई ५९ मा कपटपूर्ण रुपमा कायम गरी बहुमत सिद्ध गर्न खोजेको कार्य गैरसंवैधानिक भएको कांग्रेसको ठहर छ । संविधानको धारा १६८ को उपधारा २ बमोजिम गठन भएको मुख्यमन्त्रीले विश्वासको मत लिन सकेकोले उपधारा ३ बमोजिम सरकार गठनका लागि परमादेश जारी गर्ने कांग्रेसले माग गरेको छ । आइतबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री अधिकारीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३० जना सांसद उभिएका थिए । जसलाई सभामुख कृष्णप्रसाद धितालले बहुमत भएको घोषणा गरे । उक्त विरोधमा कांग्रेसले प्रदेश सभामा कालो झन्डासमेत देखाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist