‘‘गुणस्तरीय शिक्षा अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ अगाडि बढिरहेको यस विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा कक्षा एकदेखि कक्षा दससम्म सदन विभाजन कार्यक्रम सम्पन्न गरिएको छ । विद्यालयमा हुने गतिविधिहरुलाई सहज रुपमा सम्पन्न गर्नका लागि सदन विभाजन गर्ने कार्यक्रम अन्र्तगत यस विद्यालयमा आधारभूत र मा. वि. तहका सम्पूर्ण छात्रछात्राहरुलाई समावेश गरी ४ वटा सदनमा विभाजन गरिएको छ । हिमालहरुको देश भनेर चिनिने भएकाले सदनको नाम पनि छुट्टाछुट्टै चार हिमालको नाममा राखिएको छ जस्तै सगरमाथा सदन अन्र्तगत सदन नेता प्रशंशा कार्की र उपनेता सक्षम बास्तोला, धौलागिरी सदन अन्र्तगत सदन नेता ममता गुरुङ र उपनेता सुजन राई, त्यसैगरी कञ्चनजंघा सदन अन्र्तगत सदन नेता अंशु भुजेल र उपनेता विपीन थापा, र अन्नपूर्ण सदन अन्र्तगत सदन नेता श्रीस बुद्धाचार्य र उपनेता मञ्जिसा भुजेल चयन भएका छन् । कार्य वाँडफाँड र छात्रछात्रालाई आइपर्ने कठिनाई समाधान गर्नको लागि शिक्षक शिक्षिकाहरुलाई पनि सदनमा राखिएको छ ।


उक्त कार्यक्रममा झण्डा तथा ब्याज वितरण प्राचार्य कृष्णकुमार श्रेष्ठले गर्नुभएको थियो भने विद्यालय प्रमुख होमराज अधिकारीले शपथ ग्रहण गराउनु भएको थियो । यस कार्यक्रमको सञ्चालन अतिरिक्त क्रियाकलाप प्रमुख शिक्षक राजु बयलकोटीले गर्नुभएको थियो ।
