गिता जुम्बा क्लासको आयोजनामा १ दिने कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै रेडियो सफलताका प्रवन्ध निर्देशक दुर्गा अधिकारीले शासनमा महिला, आसनमा महिला र भाषणमा महिला भन्ने नारालाई सार्थकता तुल्याउनका लागि आ आफ्नो स्थानबाट सवैजना लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले महिलाहरुको सक्रियता विना समाजमा सकारात्मक परिवर्तन नआउने बताउनुभयो । साथै महिलाहरुले कानुनी विषय र अधिकारको विषयमा जानकारी हुनुपर्नेमा उहाँको जोड थियो । कार्यक्रमका विशेष अतिथि ट्रेड युनियन काग्रेसका जिल्ला अध्यक्ष कमल सापकोटाले कानुनी सचेतना तालिम श्रमिक क्षेत्रमा पनि आवश्यक रहेको बताउनुभयो । यस्ता किसिमका तालिमले महिलाले आफ्नो अधिकार पहिचान गर्न सहयोग पुर्याउने बताउनुभयो । कार्यक्रममा अधिवक्ता सीता भट्राई, गृह श्रमिक संघका केन्द्रिय प्रतिनिधि मिरादेवी आचार्य, हातेमालो आमा समुह उपाध्यक्ष जमुना पौडेल, नागढुड्गा आमा समुह उपाध्यक्ष कमला श्रेष्ठ, एयरपोर्ट टोल विकास संस्थाका वरिष्ठ उपाध्यक्ष संगीता तिमिल्सेना लगायतले बोल्नुभएको थियो । गिता जुम्बा क्लासका अध्यक्ष गिता पगेंनी पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत गौरी पौडेल र संचालन अस्मिता लम्सालले गर्नुभएको थियो । तालिममा ४५ जना सहभागी भएका थिए । तालिममा अधिवक्ता सीता भट्राईले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वलाई सम्मान पनि गरिएको थियो । कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्वर १३ का जनप्रतिनिधि सुचिता तामाङ्ग, टे«ड युनियन काग्रेस कास्कीका अध्यक्ष कमल सापकोटा, गृह श्रमिक संघका केन्द्रिय प्रतिनिधि मिरादेवी आचार्य, हातेमालो आमा समुह उपाध्यक्ष जमुना पौडेल, नागढुङ्गा आमा समुह उपाध्यक्ष कमला श्रेष्ठ, एयरपोर्ट टोल विकास संस्थाका वरिष्ठ उपाध्यक्ष संगीता तिमिल्सेना, प्रगती आमा समुहका संस्थापक अध्यक्ष गौरी पौडेल, टेड युनियन काग्रेसका कार्यालय सचिव अनिता देवकोटालाई सम्मान गरिएको थियो ।