‘‘गुणस्तरीय शिक्षा अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ अगाडि बढिरहेको यस विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा शुक्रबारीय कार्यक्रम अन्तरगत कक्षा २ देखि १० सम्मका विद्यार्थीहरुकाबिच नेपाली वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरियो । उक्त कार्यक्रममा करिब ६० जना छात्रछात्राहरुको सहभागिता रहेको थियो । प्रत्येक तहमा दुई÷दुई शीर्षक दिइएको उक्त कार्यक्रममा मा.वि. तहबाट कक्षा १० की छात्रा अनिता बि.क. प्रथम, कक्षा ९ की छात्रा ममता गुरुङ द्वितीय र कक्षा ९ कै छात्रा अंशु भुजेलले तृतीय स्थान ओगटेका छन् । आधारभुत (सिनियर) तर्फ कक्षा ७ की छात्रा उपासना रेग्मी प्रथम, सोही कक्षाकी अंकिता पौडेल द्वितीय र कक्षा ८ का दिवस घिमिरे तृतीय भएका छन् । यस्तै आधारभुत (जुनियर) तर्फ कक्षा ४ का छात्र सखिम बास्तोला प्रथम, कक्षा ५ की छात्रा श्रीषा तिमिल्सिना द्वितीय र कक्षा ४ की छात्रा डेलिसा सुवेदी तृतीय भएका छन् भने (जुनियर) तर्फ नै कक्षा ३ की छात्रा अनुस्का अधिकारी प्रथम, सोही कक्षाकी छात्रा सुजिता बालकोटी द्वितीय र कक्षा ३ कै छात्र अंकित मन्ना तृतीय भएका छन् ।

यस कार्यक्रमको निर्णायक मण्डलमा आधारभुत जुनियरतर्फ शिक्षिका शर्मिला शर्मा र अतिरिक्त क्रियाकलाप प्रमुख राजु बयलकोटी रहनुभएको थियो भने आधारभुत सिनियर तथा मा.वि.तर्फ परीक्षा प्रमुख माया क्षेत्री र विज्ञान शिक्षक विवेक ढकाल रहनुभएको थियो । कर्यक्रमको समापन गर्दै विद्यालयका प्राचार्य एवं कार्यक्रमका सभापति कृष्णकुमार श्रेष्ठले यस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीभित्र रहेका अन्तर्निहित प्रतिभालाई प्रस्फुटन गर्न सहयोग गर्ने र विद्यार्थाीमा आत्मविश्वास बढ्ने, सबैका लागि प्रेरक बन्ने कुरा बताउनुभयो । उक्त कार्यक्रमको सञ्चालन शिक्षिका उर्मिला परियार र राजु बयलकोटीले गर्नुभएको थियो ।