Friday, March 14, 2025

आजको मिति: २०८१ फाल्गुन ३० ,शुक्रबार

  • समाचार
  • शिक्षा/स्वास्थ्य
TRENDING
  • समाचार
  • शिक्षा/स्वास्थ्य
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
कुमुदिनीमा होम्समा कथा वाचन प्रतियोगिता सम्पन्न
Next
Prev

विन्ध्यवासिनी मा.वि.मा चुनावी रौनक, मतदान मार्फत क्याप्टेन र सह क्याप्टेन चयन

पोखरा ११ जेठ

पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयमा निर्वाचन प्रक्रिया मार्फत स्कुल क्याप्टेन र सह क्याप्टेन चयन भएका छन् । संघीय निर्वाचनको नै झल्को दिने गरि भएको निर्वाचनवाट क्याप्टेनमा क्रिकेट व्याट चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका विद्यार्थी गणेश शर्माले ३ सय ६५ मत प्राप्त गर्दै विजयी भए । उनका निकट्तम प्रतिद्वन्दी सनम भुजेलले १ सय १३ मत प्राप्त गरे । क्याप्टेनमा ५ जनाले प्रतिष्पर्धा गरेका थिए । सह क्याप्टेनमा भकुण्डो चुनाव चिन्ह लिएर मैेदानमा उत्रिएका विश्वास पोखरेललाई १ सय ४४ मतान्तरले पराजित गर्दै अनुष्का गुरुङ विजयी भईन । उनले ३ सय २ मत र पोखरेलले १ सय ५८ मत प्राप्त गरेको निर्वाचन आयुक्तको जिम्वेवारी सम्हालेका सामाजिक विषयका शिक्षक कृष्ण प्रसाद पौडेलले जानकारी दिए । क्याप्टेनमा प्रतिष्पर्धा गरेका वृन्दा कुवँरले १७ मत, ईश्वर पाख्रिनले ८ मत र करुणा आचार्यले ३३ मत तथा सह क्याप्टेनमा रिकान्त शमाले १ सय ७ मत प्राप्त गरेका थिए ।

कक्षा ५ देखि १० सम्मका विद्यार्थीले मतदान प्रक्रियामा भाग लिएको सो निर्वाचनमा कुल ५ सय ८२ मत खसेकोमा १५ मत बदर भएको मुख्य निर्वाचन अधिकृत पौडेलले वताए । विहान ११ वजेवाट शुरु भएको मतदान दिउँसो १ वजेसम्म चलेको थियो ।मतदान लगत्तै पर्यवेक्षक, सुरक्षाकर्मि र प्रत्यासीका प्रतिनिधीको रोहवरमा मुचुल्का गरी कडा सुरक्षा घेराका विच मतगणना गरिएको थियो । ४ वटा मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृतका रुपमा १६ जना विद्यार्थी खट्टिएका थिए । विद्यालयको पाठ्यक्रममा नै निर्वाचन र मतदानका विषय समावेश भएकाले पनि प्रयोगात्मक अभ्यासको रुपमा निर्वाचन प्रणली मार्फत क्याप्टेन र सह क्याप्टेन चयन गरिएको प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले वताए ।

निर्वाचनमा सुरक्षाकर्मि, पत्रकार, पर्यवेक्षक, एजेन्ट, स्वयंसेवक र निर्वाचन कर्मचारीको रुपमा विद्यार्थी नै खट्टिएका थिए । यसअघि गत वुधवार मनोनयन दर्ता गरी उम्मेदवारी दिएका प्रत्यासीले विद्यार्थी मतदाताका विच आफना प्रतिबद्घता सार्वजनिक गरेका थिए ।मतपत्र वाहेक निर्वाचनका आवस्यक सामाग्री भने जिल्ला निर्वाचन कार्यालय कास्कीले सहयोग गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist