Friday, March 14, 2025

आजको मिति: २०८१ फाल्गुन ३० ,शुक्रबार

  • समाचार
  • घटना
  • रोचक जानकारी
TRENDING
  • समाचार
  • घटना
  • रोचक जानकारी
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

नवलपुरमा पछिल्लो ४ महिनामा ३ पाटे बाघको मृत फेला

नवलपुरमा पछिल्लो ४ महिनामा मात्रै तिनवटा वयस्क पाटे बाघको मृत भेटिएका छन् । यी घटनाले निकुञ्ज बाहिरका बाघ असुरक्षित रहेको सन्देश प्रवाह भएको छ । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रसँग जोडिएका नवलपुरका राष्ट्रिय तथा सामुदायिक वनमा पाटेबाघको गतिविधि बढेपनि संरक्षणमा सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन । विनयी खोला किनारमा बुधबार साँझ पोथी पाटे बाघ मृत अवस्थामा फेला प¥यो । मृत फेला पर्नु ४÷५ दिन पहिलेदेखि त्यस क्षेत्रमा बाघको गतिविधी बढिरहेको थियो ।

बाघको गतिविधि शंकास्पद लागेपछि स्थानीयले वन कार्यालयलाई खबर गरे । वनका कर्मचारी पुग्दा बाघ छटपटाइरहेको थियो । बेलामै उद्धार गरेर उपचार गरेको भए बचाउन सकिने स्थानीयको आशंका छ । तर, वनका कर्मचारी पुग्दा बाघ छट्पटाइरहे ढल्यो । नलवपुरमा पाटे बाघ मृत फेला परेको यो पहिलो घटना होइन । पछिल्लो ४ महिनामा योसँगै ३ वटा पाटे बाघ मृत फेला परेका छन् । विनयी त्रिवेणी क्षेत्रमा नै यसअघि एउटा भाले पाटे बाघ बँदेललाई थाप्न राखेको पासोमा परेर मरेपछि गाडेर राखेको अवस्थामा फेला परेको थियो ।

बुधबार मृत फेला परेको करिब १० बर्षको पोथी पाटे बाघ सिकारीको आक्रमणबाट नभइ भाले बाघ वा अन्य कुनै जंगली जनवारको आक्रमणबाट घाइते भएर निधन भएको आँकलन गरिएको छ । भाले बाघ बयस्क भईसकेपछि आफ्नो क्षेत्र बनाउने गर्दछ । नयाँ क्षेत्र राज्ने क्रममा निकुञ्ज बाहिरका वन र वस्तीसम्म पुग्ने गरेको जानकारहरु बताउँछन् । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रभित्र बाघको लागि पर्याप्त आहार भएपनि नयाँ बयस्क बाघ र बुढा भएका बाघ वस्ती नजिकका जंगलमा नयाँ बासस्थान खोज्न डुल्छन् । नवलपुरका राष्ट्रिय तथा सामुदायिक वनमा १० देखि १२ वटासम्म पाटे बाघ रहेको अनुमान गरिएको छ । सहअस्तित्व कायम हुने क्रममा मानव र बन्यजन्तुबिचको द्वन्द बढिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist