प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको बिरोधका बीच प्रतिनिधि सभाबाट आ।व। २०८१÷०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ । आईतवारको प्रतिनिधि सभा बैठकले बहुमतले आ।व। २०८१÷०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित गरेको हो ।सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रश्तुत गर्नुभएको आ।व। २०८१÷०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरे । सभामुख घिमिरेले प्रतिनिधि सभाको बैठक मंगलवारका लागि बोलाए ।

सभामुख घिमिरेले नेपालको संविधानको धारा ११९ बमोजिम जेठ १५ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१÷०८२ को राजश्व र व्ययको वार्षिक अनुमान पेश गर्नुपर्ने भएकाले सोही दिन १ बजे बस्नेगरी संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा उपस्थित हुन आग्रह गरे ।