Friday, March 14, 2025

आजको मिति: २०८१ फाल्गुन ३० ,शुक्रबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

चौथो संस्करणको अन्नपूर्ण म्याराथन २१ जेठमा

चौथो संस्करणको अन्नपूर्ण म्याराथन जेठ २१ गते हुने भएको छ । अन्नपूर्ण सेन्चूरी पर्यटन समितिको आयोजना तथा अन्नपूर्ण गाउँपालिका कास्कीको व्यवस्थापनमा जेठ २१ गते चौथो संस्करणको अन्नपूर्ण म्याराथन हुन लागेको हो । आयोजक अन्नपूर्ण सेन्चूरी पर्यटन समितिले आइतबार पोखरामा पत्रकार सम्मेलन गर्दै अन्नपूर्ण आधार शिविरको पूर्वाधार विकाससँगै पर्यटन प्रबद्र्धनका लागि सुरू गरिएको म्याराथनलाई निरन्तरता दिइएको जनाएको छ ।

सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणको इतिहासमा विश्व कीर्तिमानी राखेको सन्दर्भमा उक्त दिनलाई अन्नपूर्ण आरोहण दिवसका रूपमा मनाउने गरिन्छ । सोही दिनको सम्झनामा अन्नपूर्ण म्याराथन गर्न लागिएको म्याराथन मुल आयोजक समितिका संयोजक ललित गुरूङले जानकारी दिए । महिला तथा पुरुष दुवैतर्फका लागि हुने म्याराथनमा विजेताले नगद १ लाख ५० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेता र तेश्रो हुनेले क्रमश १ लाख र ७५ लाख पाउने आयोजकले जनाएको छ । पुरुषतर्फ दर्ता शुल्क ७ हजार र महिलातर्फ ५ हजार तोकिएको छ ।

अन्नपूर्ण प्रथम हिमाल आरोहण दिवसका दिनको अवसर पारेर प्रत्येक बर्ष अन्नपूर्ण आधार शिविरबाट घान्द्रुकसम्म ९४२।१९५ किमी० को अन्नपूर्ण म्याराथन गर्दै आइरहेको छ ।अन्नपूर्ण आधार शिविरबाट आरम्भ हुने म्याराथन माछापुच्छ्रे आधारशिविर, बगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ, चुइँले, कोम्रोङडाँडा, किम्रोङखोला, उरी हुँदै घान्द्रुकसम्म म्याराथन रुट निर्धारण गरिएको संयोजक गुरूङले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist