‘‘गुणस्तरीय शिक्षा, अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ अगाडि बढिरहेको यस विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुल, मोहरिया टोल, पोखरा–१, कास्कीमा शुक्रबारीय कार्यक्रम अन्तर्गत पूर्व प्रार्थमिक तहमा रिडिङ रेस प्रतियोगिता सम्पन्न गरियो । जसमा कक्षा नर्सरीबाट रिजन सुवेदी प्रथम, रिहासा गदाल द्वितीय र अनामिका सापकोटा तृतीय भएका छन् । कक्षा एल.के.जी.बाट निरोशा पाइजा प्रथम, सायरा देवकोटा द्वितीय र सन्यम बज्राचार्य तृतीय भएका छन् । कक्षा यू.के.जी.बाट यान्सिका नेपाली प्रथम, अनुसा रुचाल द्वितीय र देव बि.क. तृतीय भएका छन् । भने कक्षा एकबाट यान्ना रानामगर प्रथम, श्रीया सवाङ्गी मगर द्वितीय र रुवी परियार तृतीय भएका छन् ।
विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले उक्त विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन हिरा थापाले गर्नुभएको थियो ।