Friday, March 14, 2025

आजको मिति: २०८१ फाल्गुन ३० ,शुक्रबार

  • समाचार
  • शिक्षा/स्वास्थ्य
  • रोचक जानकारी
TRENDING
  • समाचार
  • शिक्षा/स्वास्थ्य
  • रोचक जानकारी
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

एसओएस गण्डकीमा सरसफाइ र वृक्षरोपण

पोखराको रामबजारस्थित एसओएस हर्मन माइनर विद्यालय गण्डकीमा विश्व वातावरण दिवस मनाइएको छ । विश्व वातावरण दिवसका उपलक्ष्यमा विद्यालयमा एक विशेष कार्यक्रम आयोजना गरी उक्त दिवस मनाइएको हो । प्रत्येक वर्षको जुन ५ मा मनाइने विश्व वातावरण दिवसका सन्दर्भमा यस वर्षका लागि तय गरिएको ‘भूमि पुनःस्र्थापना, मरुभूमीकरण र खडेरी नियन्त्रण’ भन्ने मूल नाराको आदर्शमा केन्द्रित रहेर विद्यार्थीहरूले वातावरण संरक्षणसम्बन्धी विभिन्न गतिविधिहरू सञ्चालन गरेको विद्यालयका सहप्रधानाध्यापक वीरसिंह बूढाले बताए । सिकाइ र वातावरणबीचको तादम्य स्थापित गर्दै अगाडि बढ्न एसओएसको वातावरण उपयुक्त रहेको बताउँदै बूढाले वातावरण संरक्षणका लागि थप चिन्तनशील रहन सबै विद्यार्थीहरूलाई आग्रह गरे ।

ससाना बालबालिकालाई वातावरणमा हरियालीको महत्त्व बुझाउने अभिप्रायले विद्यालयको कक्षा नर्सरीदेखि देखि २ सम्मका विद्यार्थीहरूलाई एसओएस बालग्रामको परिसर र बालग्रामकै परिसरमा निर्मित हरित ज्ञान वाटिकाको अवलोकन भ्रमण गराइयो । वातावरण दिवस मनाउने सन्दर्भमा विभिन्न समूहमा विभाजित भएका विद्यार्थीहरूले विद्यालय परिसरभित्र सरसफाइ कार्यक्रम सम्पन्न गरे । यस क्रममा कक्षा ३ देखि ६ सम्मका विद्यार्थीहरूले विद्यालय परिसरका विभिन्न भूभागहरू सफाइ गरे भने कक्षा ७ देखि ९ सम्मका विद्यार्थीहरूले विद्यालय परिसरबाहिरको सडकको दायाँबायाँको भागका साथै पोखरा रङ्गशालाको दक्षिण भागको समेत सरसफाइ गरेका थिए ।

विश्व वातावरण दिवसकै उपलक्ष्यमा विद्यालय परिसरभित्रका फरक–फरक स्थानमा अशोका, धूपीलगायतका बिरुवासमेत लगाइएको विद्यालयका अर्का सहप्रधानाध्यापक प्रभास पौडेलले जानकारी दिए । विद्यार्थीहरूको नियमित सिकाइलाई वातावरणसँग जोडी उनीहरूमा यसको संरक्षण गर्नुपर्छ भन्ने भावनाको विकास गराउने अभिप्रायले सरसफाइसँगै वृक्षरोपण कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदीले बताए । विश्व वातावरण दिवसका उपलक्ष्यमा विद्यालयले आयोजना गरेको कार्यक्रममा सहभागी भएर आफूले कक्षाकोठामा पढेका कुरालाई प्रयोगात्मक रूपमा अनुभूत गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिइन् कक्षा ९ मा अध्ययनरत छात्रा प्रजिशा गौतमले । सरसफाइ कार्यक्रममा विद्यालयका विद्यार्थीका अतिरिक्त शिक्षक तथा कर्मचारीको स्वतःस्फूर्त सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist