Friday, May 9, 2025

आजको मिति: २०८२ बैशाख २६ ,शुक्रबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
कुमुदिनी होम्समा वक्तृत्वकला सम्पन्न
Next
Prev

ब्याटिङमा लय गुमाउँदा नेपाल नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित

आइसीसी टी–२० विश्वकप क्रिकेटको पहिलो खेलमा नेपाल पराजित भएको छ । मंगलबार राति भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको हो । डालसको ग्रान्ड प्रेरी स्टेडियममा नेदरल्याण्ड्सका कप्तान स्कट एडवर्ड्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए । स्पिनर टिम प्रिन्गल र लोगान भान बेकको उत्कृष्ट बलिङका कारण नेपाल ४ बल बाँकी हुँदै १०६ रनमा अलआउट भएको थियो । जवाफमा म्याक्स ओ’डाउडको नटआउट अर्धशतकको मद्दतले नेदरल्याण्ड्सले १८।४ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । प्रिन्गल प्लेयर अफ दि म्याच घोषित भए । यो जितसँगै नेदरल्याण्ड समूह ‘डी’ मा दक्षिण अफ्रिकापछि दोस्रो स्थानमा उक्लिएको छ । नेदरल्याण्ड्स र दक्षिण अफ्रिकाको समान दुई–दुई अंक छ ।

नेदरल्याण्ड्सले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको थियो । चार ओभरमा नेपालको ओपनिङ जोडी कुशल भुर्तेल (७), आसिफ शेख (४) टिम प्रिन्गल र भोन बेकले आउट गरे । पावरप्लेमा नेपालले दुई विकेट गुमाएर २९ रन मात्र जोडेको थियो । अनिल साह (११)ले दुई चौका प्रहार गरे पनि प्रिन्गलले उनलाई पनि आउट गरे । नेपालले ९।१ ओभरमा ५० रन पुरा गरेको थियो । कप्तान रोहित पौडेल एक छेउमा टिकेका थिए । भान मिकरेनले १० औं ओभरमा कुशल मल्ल (९) लाई पनि आउट गरे ।

त्यसपछि दिपेन्द्र सिंह ऐरीलाई बास डी लिडेले सजिलै पभेलियन पठाए । उनले १ रन बनाउन सके । सोही क्रममा मीकरणले सोमपाल कामी ९०० र लिडेले करण केसी ९१७०लाई आउट गरे । प्रिन्गलले कप्तान रोहित पौडेललाई तेस्रो शिकार बनाए । रोहित नेपाली टोलीका लागि सर्वाधिक रन बनाउने खेलाडी बने । उनले ३७ बलमा ३५ रनको इनिङ खेले । सोही क्रममा भान बेकले अभिनाश बोहरा ९०० लाई आउट गर्दै नेपालको इनिङ्स १९।२ ओभरमा १०६ रनमा समेट्यो । १०७ रनको लक्ष्य पछ्याउन आएको नेदरल्यान्ड्सको टोलीको सुरुवात राम्रो हुन सकेन । माइकल लेभिट एक रन बनाएर आउट भए ।

DALLAS, TEXAS – JUNE 04: A general view during the ICC Men’s T20 Cricket World Cup West Indies & USA 2024 match between Netherlands and Nepal at Grand Prairie Cricket Stadium on June 04, 2024 in Dallas, Texas. (Photo by Matt Roberts-ICC/ICC via Getty Images)

त्यसपछि म्याक्स ओडाउड र विक्रमजीत सिंहले दोस्रो विकेटका लागि ४० रनको साझेदारी गरे । विक्रमजीत २२ रन बनाएर आउट भए । साइब्रान्ड एन्जेलब्रेच १४ रन बनाएर आउट भए भने कप्तान स्कट एडवर्ड्स ५ रन बनाएर आउट भए । अन्त्यमा, म्याक्स ओडाउड र बास डी लीडे नटआउट रहँदै नेदरल्याण्ड्सको टोलीलाई जित दिलाए ।

म्याक्सले ४८ बलमा चार चौका र एक छक्काको मद्दतमा ५४ रन बनाए भने डी लिडेले १० बलमा ११ रन बनाए । नेपालका लागि सोमपाल कामी, दीपेन्द्र सिंह र अभिनाशले समान १–१ विकेट लिए । नेपाली टोली दोस्रोे पटक टी–२० विश्वकप खेल्दैछ । यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो । नेपाली टोलीले छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै यस टी–२० विश्वकपको यात्रा तय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist