Friday, March 14, 2025

आजको मिति: २०८१ फाल्गुन ३० ,शुक्रबार

  • समाचार
  • घटना
TRENDING
  • समाचार
  • घटना
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

पोखराका सहकारी पीडितले प्रधानमन्त्री प्रचण्डलाई देखाए कालोझण्ड

पोखराका सहकारी पीडितहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कालो झण्डा र ब्यानर देखाएका छन् । आज बिहान पोखरा सभागृहमा प्रवेश गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डलाई सूर्यदर्शन सहकारीका पीडितहरुले कालो झण्डा र ब्यानर देखाएका हुन् । उनीहरुले ‘सहकारी पीडितलाई न्याय दे’ भन्ने नारा पनि लगाएका थिए । कालो झण्डा र ब्यानर देखाउने ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुई जना प्रहरीको कुटाइबाट घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको छ ।

सहकारी पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले प्रहरीले लात्ती प्रहार गरेर ७८ वर्षीय भीमप्रसाद चपाईँ र ३० वर्षीया अनुराधा श्रेष्ठलाई घाइते बनाएको बताए । सहकारीका पीडितले न्याय माग्दा धरपकड भएको भन्दै उनले राज्य कसको पक्षमा छ भन्ने पुष्टि भएको बताए । प्रधानमन्त्री प्रचण्ड गण्डकी प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलगायतमा सहभागी हुन मंगलबार पोखरा आएका थिए । आज बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठकमा सहभागी भएर पार्टी प्रशिक्षण कार्यक्रममा जाँदै गर्दा सहकारी पीडितले कालो झण्डा र ब्यानर देखाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist