‘‘गुणस्तरीय शिक्षा, अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ अगाडि बढिरहेको यस विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुल, मोहरिया टोल, पोखरा–१, कास्कीमा शुक्रबारीय कार्यक्रम अन्तर्गत गणित हाजिरीजवाफ तथा नेपाली शब्दखेल प्रतियोगिता सम्पन्न गरियो । गणित हाजिरीजवाफ प्रतियोगिता कार्यक्रममा आधारभूत (सिनियर) तथा मा.वि.तहमा धौलागिरि सदनबाट कक्षा १० की छात्रा अनिता बि.क., कक्षा ९ का छात्र सुजन राई, कक्षा ६ का छात्रहरुद्वय आदित्य बि.क. र दिजन मल्ल प्रथम र कञ्चनजङ्घा सदनबाट कक्षा १० की छात्रा निरसरा पौडेल, कक्षा ९ की छात्रा अंशु भुजेल, कक्षा ६ का छात्रछात्राद्वय दिप्सन सुवेदी र सविता सुनार द्वितीय भएका छन् । यस्तैगरी आधारभूत (जुनियर) तह नेपाली शब्दखेल प्रतियोगितामा धौलागिरि सदनबाट कक्षा ५ का छात्रा श्रीषा तिमिल्सिना, कक्षा ४ का छात्र सखिम बास्तोला, कक्षा ४ का छात्र सबिन बि.क. र कक्षा ३ का छात्रा मौ भौमिक प्रथम र कञ्चनजङ्घा सदनबाट कक्षा ५ की छात्रा अदिती तिमिल्सिना, कक्षा ४ की छात्रा युनिका खनाल, कक्षा ३ की छात्रा प्रेमिका नेपाली र कक्षा २ का छात्र सौगात हमाल द्वितीय भएका छन् ।

विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले उक्त विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै विद्यार्थीहरुमा अझ बढी पढाईतर्फ लगाव होस् भन्ने हेतुले यस्ता विविध कार्यक्रमले सहयोग हुने कुरा जानकारी गराउनुभयो । भने यस कार्यक्रमको सञ्चालन मा.वि. तहमा गणित शिक्षक नीलकण्ठ पौडेल र प्रा.वि. तहमा नेपाली शिक्षिका शर्मिला शर्माले गर्नुभएको थियो ।
