गण्डकी प्रदेश सरकारका नवनियुक्त मन्त्रीद्वय राजीव गुरुङ (दीपक मनाङे) र फणिन्द्र देवकोटाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सभाकक्षमा आयोजित एक समारोहका बीच गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले उनीहरूलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन्।
मनाङेले गण्डकीमा छैटौं पटक मन्त्री बनेर रेकर्ड बनाएका छन् । मनाङे यसअघि तीन पटक खेलकुद मन्त्री र दुई पटक भौतिक पूर्वाधार मन्त्री भएका थिए । सर्वोच्चको परमादेशबाट नेपालको संविधानको धारा १६८ को उपाधार ९३० बमोजिम मुख्यमन्त्री नियुक्त भएका पाण्डेले सोमबार विश्वासको मत लिएपछि आज मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका पाण्डेले नेपाली कांग्रेसका विन्दुकुमार थापा र डा।टकराज गुरुङलाई मन्त्री बनाएका थिए । बिन्दुले ऊर्जा, जलस्रोत, सिँचाइ तथा सामाजिक विकास मन्त्रालय र टकराजले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पाएका थिए । विन्दुले पाएको जिम्मेवारीबाट देवकोटालाई उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय दिइएको हो । पाण्डेलाई विश्वासको मत दिएको राप्रपाले भने तत्काल सरकारमा जाने नजाने निर्णय गर्न बाँकी छ । गण्डकीमा सात मन्त्रालय छन् ।