Friday, March 14, 2025

आजको मिति: २०८१ फाल्गुन ३० ,शुक्रबार

  • समाचार
  • घटना
TRENDING
  • समाचार
  • घटना
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

फिस्लिङ दुर्घटना उपचारका क्रममा कारका चालकको ज्यान गयो

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङ बजार नजिकै आज बिहान बस र कार ठोक्किँदा घाइते भएका कारका चालकको ज्यान गएको छ । कास्कीको पोखरा महानगरपालिका–५ का ३५ वर्षीय चालक समीर ओझाको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बिहान भे १ ख ४०६२ नम्बरको बस र बाग्मती प्रदेश ०२–०२९ च ३७२० नम्बरको कार ठोक्किँदा बसमा रहेका १५ र कारमा रहेका पाँच जना घाइते भएकामा कारका चालक ओझाको ज्यान गएको प्रहरीले जनाएको छ ।

कारसँग ठोक्किएपछि बस सडकबाट त्रिशूली नदी किनारमा खसेको थियो । दुर्घटनामा घाइते भएका १५ जनाको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । चार जना सामान्य घाइते उपचारपछि घर फर्किएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist