Friday, March 14, 2025

आजको मिति: २०८१ फाल्गुन ३० ,शुक्रबार

  • समाचार
  • निति नियम
TRENDING
  • समाचार
  • निति नियम
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

काँग्रेसले प्रमुख आचार्यलाई बुझाए जापनपत्र

नेपाली काँग्रेस कास्कीले पोखरा महागनरपालिका प्रमुख धनराज आचार्यलाई ज्ञापन पत्र बुझाएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेट्नुपर्ने विषयहरु समेटेर कांग्रेसले १८ बुँदे ज्ञापनपत्र बुझाएको हो । बढ्दो बेरुजु, भौतिक पूर्वाधार विकास निर्माण, फोहोर मैला व्यवस्थापन, ताल तलैयाको संरक्षण बसपार्कको व्यवस्थापन,यातायात र सडक क्षेत्र सुधार, औधोगिक क्षेत्र व्यवस्थापन र खानेपानी समस्या लगायतका विषय समेटिएको सुझाव पत्र महानगर प्रमुख धनराज आचार्यलाई बुझाइएको कास्की काँग्रेसका उपसभापति युवराज कुँवरले जानकारी दिए । बेरुजु फोरफार गर्न तर्फ ध्यान दिनउ उनले आग्रह गरे ।

ज्ञापन पत्रमा महानगरमा ठुलो परिणाममा बेरुजु रकम रहेकाले सोको व्यवस्थापन र चालू आर्थिक वर्षमा बेरुजु नहुने गरी कार्य सम्पादन गर्न, कारलाई सर्वसुलभ र बैज्ञानिक प्रणाली अनुसार तय गर्न सुझाव दिइएको छ । यस्तै तालचोक बेगनासताल सडक निर्माणलाई तिब्रता दिन र नागरिकका गुनासोलाई सम्बोधन गर्न, पोखरा बसपार्क र बिन्धवासीनी बसपार्कलाई व्यवस्थित र अत्याधुनिक बनाउनका लागि वातावरण बनाउन कांग्रेसले महानगरको ध्यानाकर्षण गराएको छ । यस्तै प्रोधन सहतिको स्थाइ ल्याण्डफिल निर्माण, पर्यटकीय राजधानी घोषणा भइसकेकाले आगामी बजेटमा सोही अनुसकारका पूर्वाधार निर्माणमा, अव्यवस्थित पार्किङलाई बहुतले पार्किङको व्यवस्थापनको लागि प्रदेश सरकारसंग मिलेर काम गर्न ज्ञापन पत्रमा भनिएको छ ।

कांगेसले पोखराका सडक सुधार र स्मार्ट लाईट जडान, विधुतका पोलहरुमा रहेका अव्यवस्थित तारहरुको व्यवस्थापन र सौन्दर्यकरण, अन्तराष्ट्रिय सम्मेलन केन्द्र निर्माण साथै ट्राफिक लाइट व्यवस्थापनमा आगामी आर्थिक वर्षको बजेटमा प्राथमिकतामा राख्न कांग्रेसले माग गरेको छ । पोखरालाई स्मार्ट सिटि बनाउने प्रतिवद्धता अनुसार कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ । ज्ञापन पत्र बुझदै महागनर प्रमुख आचार्यले राजनीतिक दलहरुको सुझावलाई गम्भिरताका साथ लिइने प्रतिवद्धता व्यक्त गरे । महानगरको आर्थिक गतिबिधिलाई सुधार गर्ने गरी काम गरिरहेको र आगामी दिनमा बेरुजु आचार्यले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist